काठमाडाैं- नेपाल सुपर लिग (एनएसएल)को उपाधिकाे लागि काठमाडौं रेजर्स र धनगढी एफसी भिड्ने भएकाे छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको एलिमिनेटर खेलमा ललितपुरलाई ३–० ले पराजित गर्दै काठमाडौंले फाइनलमा धनगढीसँगको भेट पक्का गरेको हो।
धनगढीले काठमाडौंलाई अतिरिक्त समयमा २–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ। यी दुईबीच फाइनल खेल जेठ १ गते हुनेछ।
काठमाडौंको जितमा मेसौको ओलुमोउले दुई तथा स्टेफन विनोङ समिरले एक गोल गरे।
पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो।
१४औं मिनेटमा मेसौके ओलुमोउले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए। कमल श्रेष्ठले पेनाल्टी बक्समा ओलुमोउलाई लडाएपछि रेफ्रीले काठमाडौंलाई पेनाल्टी प्रदान गरेको थियो।
ओलुमोउकाे प्रहार ललितपुरका गोलरक्षक अर्पण कार्कीले सही दिशामा डाइभ दिदै बचाउने प्रयास गरेपनि हातमा लाग्दै गोलमा परिणत भएको थियो।
२२औं मिनेटमा ओलुमोउले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंकाे अग्रता दाेब्बर बनाए। तेज तामाङको पासमा उनले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार गोलरक्षक गोलमा परिणत भएको थियो।
५९औं मिनेटमा तेज तामाङको क्रसलाई स्टेफनले नियन्त्रणमा लिदै गरेको प्रहार गोल हुँदै काठमाडौंले खेल ३–० ले जित्याे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।