काठमाडौं– पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) कमल सिंह बमको घरमा कार्यरत एक प्रहरी परिचर मृत भेटिएका छन्।
पूर्वएआईजी बमको मूलपानी ग्रिनसिटीमा रहेको घरमा कार्यरत परिचर बासुदेव धमला मृत भेटिएका हुन्।
उनी झुण्डिएको अवस्थामा मृत भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी रमेशकुमार बस्नेतले जानकारी दिए।
झुण्डिएको अवस्थामा भेटिएकाले आत्महत्या हुनसक्ने प्रहरीले आकलन गरेको छ।
उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
धमलाको शव पूर्वएआईजी सिंहकै घरको जस्ताको एउटा टहरोमा झुण्डिएको अवस्थामा भेटिएको छ। उनी सोही टहरोमा बस्दै आएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।