काठमाडाैं- पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनल प्रवेशका लागि ललितपुर सिटी एफसीले काठमाडौं रेजर्ससँग भिड्ने भएकाे छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको दोस्रो इलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै ललितपुर क्वालिफायरमा पुगेको हो । अब ललितपुरले फाइनल प्रवेशका लागि एलिमिनेटरमा काठमाडौंको सामना गर्नेछ।
मंगलबार भएकाे पहिलो इलिमिनेटरमामा धनगढी फुटबल क्लबले काठमाडौंलाई अतिरिक्त समयमा २–१ ले पराजित गरेकाे थियाे। धनगढीले भने फाइनलमा स्थान पक्का गरिसकेको छ ।
ललितपुरलाई जित दिलाउन कप्तान तथा मार्की खेलाडी अन्जन विष्टले गरेकाे गाल नै निर्णायक बन्याे।
खेलकाे ६१औं मिनेटमा विष्टले मिक्चेन तामाङले दिएको क्रस पासलाई डाइभिङ हेडरमार्फत गोल गरेका थिए।
त्यसपछि लुम्बिनी खेलमा फर्किन नस्कदा ललितपुरले खेल १-० ले जित्याे।
याेसँगै लुम्बीनी प्रतियोगिताबाट बाहिरिएको छ।
ललितपुर र काठमाडौंबीचको खेल भोलि (बिहीबार) हुनेछ। यस खेलको विजेताले फाइनलमा धनगढी एफसीसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।