Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

मुलुकको ९ महिने वासलात : चालु खाता घाटा २०७ अर्ब नाघ्यो, शोधनान्तर स्थिति साढे ४२ अर्ब बचतमा

64x64
नेपाल लाइभ बुधबार, वैशाख २९, २०७८  १७:३१
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकले नौ महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.१० प्रतिशत छ।

यसैगरी, आयात १३.१ प्रतिशतले र निर्यात २०.२ प्रतिशतले बढेको छ। राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह नेपाली रूपैयाँमा १६.५ प्रतिशतले र अमेरिकी डलरमा १३.० प्रतिशतले बढेको छ  भने शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले बचतमा छ।

राष्ट्र बैंकका अनुसार कूल विदेशी विनिमय सञ्चिति ११ अर्ब ९६ करोड अमेरिकी डलर रहेको छ। संघीय सरकारको खर्च ६९० अर्ब २८ करोड र राजस्व परिचालन ६८३ अर्ब ८७ करोड रूपैयाँ रहेको छ।

यसैगरी, विस्तृत मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २३.९ प्रतिशतले बढेको हो। बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.७ प्रतिशत र निजीक्षेत्रमाथिको दाबी २१.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

वार्षिक विन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २३.० प्रतिशत र निजी क्षेत्रमाथिको दाबीको वृद्धिदर २१.७ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ।

उपभोक्ता मुद्रास्फीति 
२०७७ चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.१० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७४ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.४९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७९ प्रतिशत रहेको छ।

२०७६ चैतको तुलनामा २०७७ चैतमा घिउ तथा तेल, मासु तथा माछा, सुर्तीजन्य पदार्थ र गैरमदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २१.३८ प्रतिशत, १२.६१ प्रतिशत, १०.४१ प्रतिशत र १०.१८ प्रतिशत रहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.२४ प्रतिशत, तराईमा २.९२ प्रतिशत, पहाडमा ३.३८ प्रतिशत र हिमालमा १.५४ प्रतिशत मुद्रास्फीति रहेको छ।

२०७६ चैतमा यी क्षेत्रहरूमा क्रमशः ७.१९ प्रतिशत, ७.०४ प्रतिशत, ५.८४ प्रतिशत र ४.८३ प्रतिशत मुद्रास्फीति रहेको थियो।

थोक मुद्रास्फीति 
२०७७ चैतमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ६.१४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७७ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४२ प्रतिशत, ५.८४ प्रतिशत र ३.७० प्रतिशत रहेको छ।

Xtrem

Xtrem

समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ५.९६ प्रतिशत रहेको छ।

तलब तथा ज्यालादर 
२०७७ चैतमा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकांक १.८९ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकांक ७.४९ प्रतिशतले बढेको थियो। समीक्षा महिनामा ज्यालादर सूचकंक २.४३ प्रतिशतले बढेको छ।

वैदेशिक व्यापार 
आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा कूल वस्तु निर्यात २०.२ प्रतिशतले वृद्धि भई ९४ अर्ब ७७ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.९ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः २३.५ प्रतिशत र १४.५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा २७.३ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिस्टर तथा अन्य), पश्मिनालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकरलगायतका वस्तुको निर्यात घटेको छ।

आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा कूल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई ११ खर्ब ११ अर्ब ४० करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७.५ प्रतिशतले घटेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमशः २०.३ प्रतिशत र ७.७ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयातमा २.३ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एमएस बिलेट, चामल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदीलगायतका वस्तुको आयात घटेको छ।

निर्याततर्फ सुख्खा बन्दरगाह, कैलाली, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ। आयाततर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, जलेश्वर, तातोपानी र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ।

आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा कूल वस्तु व्यापार घाटा १२.५ प्रतिशतले वृद्धि भई १० खर्ब १६ अर्ब ६३ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८.९ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात-आयात अनुपात ८.५ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.० प्रतिशत रहेको थियो।

वार्षिक विन्दुगत आधारमा २०७७ चैत महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक ३.३ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकांक ६.७ प्रतिशतले बढेको छ। २०७६ चैत महिनामा ३.९ प्रतिशतले बढेको व्यापारको शर्त २०७७ चैत महिनामा ३.२ प्रतिशतले घटेको छ।

सेवा
समीक्षा अवधिमा खुद सेवा आय ४९ अर्ब १३ करोड रूपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय एक अर्ब आठ करोडले घाटामा रहेको थियो।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९०.२ प्रतिशतले कमी आई पाँच अर्ब ५४ करोड रूपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५६ अर्ब ६८ करोड रूपैयाँ रहेको थियो।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ४७.० प्रतिशतले कमी आई २६ अर्ब ७५ करोड रूपैयाँ कायम भएको छ। यसमध्ये शिक्षातर्फको व्यय २१ अर्ब सात करोड रूपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५० अर्ब ४७ करोड रूपैयाँ रहेकोमा शिक्षातर्फको व्यय २४ अर्ब ६० करोड रूपैयाँ रहेको थियो।

विप्रेषण आप्रवाह
समीक्षा अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई सात खर्ब २९ अर्ब दुई करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई छ अर्ब १९ करोड  पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ४.९ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६६.७ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.२ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५५.७ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १५.० प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर १४.४ प्रतिशतले वृद्धि भई आठ खर्ब १४ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.७ प्रतिशतले घटेको थियो।

चालु खाता एवं शोधनान्तर स्थिति 
समीक्षा अवधिमा चालु खाता दुई खर्ब सात अर्ब ४१ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब २६ अर्ब नाै करोड रुपैयाँले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब १० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब ७७ करोडले घाटामा रहेको छ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १०.७ प्रतिशतले वृद्धि भई १२ अर्ब ८६ करोड रूपैयाँ पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २५.० प्रतिशतले कमी आई १२ अर्ब ३५ करोड रूपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ६२ करोड रूपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ४८ करोड रूपैयाँ रहेको थियो।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोड रूपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोड रूपैयाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड १० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको छ।

कूल विदेशी विनिमय सञ्चिति 
२०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोड रुपैयाँ बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भई २०७७ चैत मसान्तमा १४ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ चैत मसान्तमा २.७ प्रतिशतले वृद्धि भई ११ अर्ब ९६ करोड पुगेको छ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ सय २६ अर्ब १२ करोड रूपैयाँ रहेकोमा २०७७ चैत मसान्तमा २.२ प्रतिशतले वृद्धि भई १२ सय ५३ अर्ब १७ करोड पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १७५ अर्ब ७१ करोड रहेकोमा २०७७ चैत मसान्तमा २.५ प्रतिशतले वृद्धि भई एक खर्ब ८० अर्ब १० करोड रूपैयाँ पुगेको छ। २०७७ चैत मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.४ प्रतिशत रहेको छ।

सञ्चिति 
आर्थिक वर्ष २०७७/७८ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.९ महिनाको वस्तु आयात र १०.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३३.६ प्रतिशत, ८९.९ प्रतिशत र २९.७ प्रतिशत रहेका छन्। २०७७ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए।

कच्चा पेट्रोलियम एवं सुनको मूल्य 
अन्तर्राष्ट्रिय बजारमा २०७६ चैत मसान्तमा प्रति ब्यारेल अमेरिकी डलर २०.२३ रहेको कच्चा पेट्रोलियमको मूल्य २०७७ चैत मसान्तमा २१०.६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ६२.८३ पुगेको छ। त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७६ चैत मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १६८०.६५ रहेकोमा २०७७ चैत मसान्तमा ४.० प्रतिशतले वृद्धि भई अमेरिकी डलर १७४७.९५ पुगेको छ।

खर्च तथा राजस्व 
नेपाल सरकार, अर्थमन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार २०७७ चैत मसान्तसम्ममा चालु खर्च १०० अर्ब ९७ करोड रूपैयाँ, पुँजीगत खर्च १०५ अर्ब ७३ करोड र वित्तीय व्यवस्थाअन्तर्गतको खर्च ५७ अर्ब ५९ करोड गरी कूल ६९० अर्ब २८ करोड रूपैयाँ खर्च भएको छ।

समीक्षा अवधिमा सरकारको कर राजस्व ६३६ अर्ब ७० करोड र गैरकर राजस्व ४७ अर्ब १७ करोड रूपैयाँ गरी कूल राजस्व  ६८३ अर्ब ८७ करोड  रूपैयाँ (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) परिचालन भएको छ।

समीक्षा अवधिमा संघीय सरकारले  २० अर्ब ५० करोडको ट्रेजरी विल, ९० अर्बको विकास ऋणपत्र, दुई अर्बको नागरिक बचतपत्र र एक करोड ५३ लाख रुपैयाँको वैदेशिक रोजगार बचतपत्र गरी कूल ११२ अर्ब ५२ करोड आन्तरिक ऋण परिचालन गरेको छ।

प्रदेश सरकार 
आर्थिक वर्ष २०७७/७८ को चैत महिनामा प्रदेश सरकारको स्रोत प्राप्ति १०४ अर्ब ३९ करोड रूपैयाँ रहेको छ। यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ७१ अर्ब ३३ करोड रूपैयाँ हस्तान्तरण गरेको छ। यस अवधिमा प्रदेश सरकारहरूले राजस्व र अन्य स्रोतबाट ३३ अर्ब छ करोड रूपैयाँ परिचालन गरेका छन्। यसैगरी, यस अवधिमा प्रदेश सरकारहरूको खर्च ६२ अर्ब ६५ करोड रुपैयाँ रहेको छ।

कूल आन्तरिक कर्जा 
आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा कूल आन्तरिक कर्जा १६.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ९.१ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०७७ चैत मसान्तमा यस्तो कर्जा २१.१ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २१.८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १२.७ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०७७ चैत मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २१.७ प्रतिशतले बढेको छ।

निक्षेप परिचालन
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ९.७ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०७७ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २३.० प्रतिशतले बढेको छ। २०७७ चैतमा बैंक तथा वित्तीय संस्थाहरूको कूल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.५ प्रतिशत, ३५.१ प्रतिशत र ४८.२ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ३२.२ प्रतिशत र ४९.३ प्रतिशत रहेको थियो।

२०७७ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४१.७ प्रतिशत रहेको छ। २०७६ चैत मसान्तमा यस्तो निक्षेपको अंश ४४.४ प्रतिशत रहेको थियो।

कर्जा प्रवाह
चालु आवको नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २२.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११.५ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०७७ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २३.१ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह २२.६ प्रतिशतले, विकास बैंकहरूको कर्जा प्रवाह २५.० प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह १०.२ प्रतिशतले बढेको छ।

२०७७ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६५.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। २०७६ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.१ प्रतिशत र १३.३ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ३५.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १७.० प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १२.७ प्रतिशतले, यातायात, सञ्‍चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १३.८ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २०.८ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १६.८ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २२.२ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २७.५ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २०.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १२.४ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ८२.३ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ४०.८ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५.४ प्रतिशतले घटेको छ।

पुनर्कर्जा, सहुलियतपूर्ण कर्जा र व्यावसायिक निरन्तरता कर्जा 
राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७७ चैत मसान्तमा ४८ हजार ८ सय ६० ऋणीहरूसँग १२३ अर्ब १४ करोड रुपैयाँ लगानीमा रहेको छ।

२०७७ चैत मसान्तसम्ममा ८९ हजार ८७९ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई १४२ अर्ब दुई करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ। यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ४२ हजार ४४७ ऋणीलाई प्रवाह भएको ९६ अर्ब ६० करोड रुपैयाँ कर्जा रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ४५ हजार १२८ महिला उद्यमीलाई प्रवाह भएको ४२ अर्ब १६ करोड रूपैयाँ कर्जा रहेको छ। सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार ३०४ ऋणीको तीन अर्ब २६ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ।

व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ बमोजिम कोभिड-१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्‍याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७७ चैत मसान्तसम्ममा ४२ करोड रूपैयाँ प्रवाह भएको छ।

वित्तीय पहुँच 
राष्ट्र बैकका अनुसार कुल ७५३ स्थानीय तह मध्ये २०७७ चैतसम्म ७५० तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार भएका छन्। २०७६ चैतसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार भएको थियो।

राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या २०७७ चैत मसान्तमा १४० रहेको छ। यस मध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७४ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्‍चालनमा रहेका छन्।

बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या २०७७ असार मसान्तमा ९ हजार ७६५ रहेकोमा २०७७ चैत मसान्तमा १० हजार ५४६ पुगेको छ।

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १७:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित
सम्बन्धित सामग्री
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैय... बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्