काठमाडाैं- ब्राजिलिएन फुटबल तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमार जुनियरले आफू इटालियन क्लब युभेन्ट्स तथा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोसँग एकै क्लबबाट खेल्ने इच्छा भएको बताएका छन्।
नेयमारले आफ्नो अभिव्यक्ति परिवर्तन गर्नु कुनै अपरिचित होइन। उनले पुन: एकपटक त्यस्तै अभिव्यक्ति दिएका हुन्।
पीएसजीमा चौथो सिजन खेलिरहेका नेयमारले धेरैपटक स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनीका कप्तान लियोनेल मेसीसँग खेल्ने चाहना रहेको बताउँदै आएका थिए। तर, पछिल्लोपटक रोनाल्डोसँग खेल्ने चाहना व्यक्त गरेका छन्।
युभेन्ट्समा रोनाल्डोको भविष्य अनिश्चित बन्दै गएको छ। सिरि ए मा अब ३ खेलमात्र बाँकी रहँदा युभेन्ट्स लिगको पाँचौं स्थानमा छ।
यदि चौथो अथवा चौथोभन्दा माथिको अवस्थामा नपुगे युभेन्ट्सले अर्को सिजनको च्याम्पियन्स लिग खेल्न पाउने छैन।
च्याम्पियन्स लिगमा छनाेट नभए रोनाल्डोलाई क्लबले हटाउने अनुमान गरिएको छ। किनभने क्लब घाटामा रहेकाे छ।
'मैले मेसी र एमबाप्पेजस्ता महान खेलाडीसँग खेलिसकेको छु तर रोनाल्डोसँग एकै टोलीबाट खेल्न बाँकी छ', नेमारले जीक्यू फ्रान्ससँग भनेका छन्,'त्यसैले म रोनाल्डोसँग खेल्न चाहन्छु।'
सो क्रममा उनले आफ्नो चाहना ब्राजिलबाट विश्वकप जित्ने र पीएसजीका लागि सबै प्रकारका उपाधि जित्ने भएको पनि उल्लेख गरे।
'म विश्वकप जित्न चाहन्छु। यो मेरो ठुलो सपना हो। तर म पीएसजीबाट पनि हरेक उपाधि जित्न चहान्छु। म ३० वर्षको पुगिसकेको छु। म आफ्नो फर्ममा छु,' नेयमारले भने।
नेयमार करिब ५ वर्ष अघि मात्र १ सय ९८ मिलियन पाउण्डमा बार्सिलोनाबाट पीएसजी गएका थिए। उनी अहिलेसम्म युरोपेली क्लब फुटबलका सर्वाधिक महङ्गा फुटबलर हुन्।
उनले सन् २०१९ मा पीएसजी छाड्ने घोषणा गरेका थिए। मेसीसँग पुनः सँगै खेल्ने इच्छा व्यक्त गरेका थिए। यता, नेयमार पारिश्रमिक कटौंती गरेपनि बार्सिलोनाका लागि तयार हुन सक्ने समाचार पनि यसअघि सार्वजनिक भएको थियो।
यद्यपि, उनले पछि पीएसजीलाई च्याम्पियन्स लिग नजिताइ क्बल नछाड्ने घाेषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।