• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ १८, २०८३ Mon, Jun 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

नभिलेरा- एक वृद्ध नर्तकको कथा, जो बूढेशकालमा उड्न चाहन्छन्

64x64
नेपाल लाइभ मंगलबार, जेठ ४, २०७८  ०७:०८
1140x725

काठमाडौं- नेपालमा कोरियन ड्रामाका फ्यान धेरै छन्। विशेषगरी युवा पुस्तालाई कोरियन ड्रामाले आकर्षित गरेको पाइन्छ। स्कूल तथा कलेजका विद्यार्थीहरू यस्ता ड्रामाका ‘डाइहार्ट फ्यान’ हुने गरेका छन्। 

झनै अघिल्लो वर्ष ओस्कार अवार्ड कोरियन फिल्म ‘प्यारासाइट’ले जितेपछि फिल्म र सिरिजप्रेमीको नजर कोरियनतिर सरेकोे छ। त्यहाँ बनेका उत्कृष्ट फिल्म छानीछानी हेर्ने जमात पछिल्लो समय निकै बढेका छन्।

यदि तपाईं पनि कोरियन ड्रामाको फ्यान हुनुहुन्छ भने छुटाउनै नहुने ड्रामा छ, नभिलेरा। नभिलेरा भनेको कोरियन भाषामा बूढो नर्तक हो। यो ड्रामालाई नेटफ्लिक्समा ‘लाइक द बटरफ्लाई’ नामबाट पनि खोज्न सकिन्छ।

कथावस्तु
७० वर्षका वृद्ध छन्, सिम देओक चुल। चुलका परिवारमा श्रीमती, दुई छोरा, जेठी बुहारी, एक नातिनी र छोरी ज्वाइँ छन्। चुलको ७०औं जन्मदिनमा भेट भएका उनीहरू एकआपसमा झगडा मात्रै गर्छन्।

चुलको परिवार उनको रिटायर्ड जिन्दगी रमाइलोसँग बिताओस् भन्ने चाहन्छ। त्यसैले छोराछोरी आफ्ना बाबुआमा हाइकिङ जाओस् र प्रकृतिसँग रमाओस् भन्ने चाहन्छन्। तर, वृद्ध चुलको सपना भने बेग्लै छ। उनी उड्न चाहन्छन्, सेतो राजहाँस जस्तै। मर्नुअघि उनलाई स्टेजमा ब्यालेट डान्स गर्नुछ। त्यसैले उनी डान्स स्टुडियोको वरपर चक्कर लगाउँछन् र हिम्मत गरेर आफूलाई ब्यालेट डान्स सिकाउन

आग्रह गर्छन्।

ड्रामाका नायक छन्, २३ वर्षीय सुन्दर युवक ली चाइ रोक। उनलाई ब्यालेट डान्स भगवानले दिएको उपहार हो। जब उनी ब्यालेट गर्न थाल्छन्, उनको सुन्दरता र नृत्यको लचकतामा सबैको होस गुम्छ।

nimb
nimb
Ncell 2
Ncell 2

चाइकी आमा बितेकी हुन्छिन्। बाबु किम ताई हुन पनि विद्यार्थीलाई पिटेको आरोपमा जेल गएको हुन्छ। ऊ जिन्दगीमा एक्लो हुन्छ।

चाई रोक जिद्दी स्वभावको हुन्छ। ब्यालेट डान्स गर्दा उनको खुट्टा मर्किन्छ तर पनि ऊ पेनकिलर खाएर नाँच्छ।

चाइ रोकका कोच छन्, सेओङ जो। उनी कुनै बेलाका चर्चित ब्यालेट डान्सर हुन् तर युवावस्थाको जिद्दीपनाले उनी स्टेजमा कहिल्यै जान सक्दैनन्। त्यसैले आफ्नो सपना पूरा गर्न सेओङ जोले चाइ रोकलाई रोजेको हुन्छ।

चाइ रोक पनि आफूजस्तै जिद्दी स्वभावको देखेर उसलाई ठीक बनाउन सेओङ जोले ७० वर्षीय वृद्ध चुललाई ब्यालेट डान्स सिकाउने जिम्मा चाइ रोकलाई दिन्छ।

चाइ रोकले सीधै इन्कार गर्छ तर सेओङले आफ्नो निजी स्टुडियोमा निःशुल्क ब्यालेट नसिकाउने धम्की दिएपछि ऊ वृद्ध चुललाई ब्यालेट डान्स सिकाउन बाध्य हुन्छ।

७० वर्षीय चुल र २३ वर्षीय युवक चाइ रोकको सहकार्यले कस्तो रूप लिन्छ होला? ७० वर्षीय चुल स्टेजमा ब्यालेट गर्न सक्ला या नसक्ला? चुललाई परिवारले सपोर्ट गर्ला या नगर्ला? यी सबैको उत्तर थाहा पाउन तपाईंले नभिलारा हेर्नुपर्ने हुन्छ। ड्रामा १२ एपिसोडको छ।

बूढेशकालको मनोविज्ञान
ड्रामामा बूढेशकालमा मानिसले भोग्ने गरेका विषयवस्तुलाई देखाइएको छ। कोरिया र नेपालका धेरै कुराहरू मिल्छ। जस्तो कि, छोरीज्वाइँले बाबुआमा हेर्न हुँदैन, छोरोले बाबुआमाको जिम्मा बूढेसकालमा लिनुपर्छ, बाबुआमाले दुःख पाए समाजले छोरालाई के भन्लान्, छोरी बुहारी भनेका कार्यालयको काम गर्ने हैन, घरधन्दा गर्ने हुन् आदि, इत्यादि।

यी र यस्ता कुरा कोरियाली समाजमा पनि चल्ने रहेछ भन्ने कुरा ड्रामा हेर्दा अनुभूति हुन्छ।

ड्रामा हेर्दा छोराछोरीले माया गरेर बाबुआमालाई भनेका कतिपय कुराहरूले उनीहरूको चित्त दुख्दो रहेछ। उदाहरणका लागि चुलका जेठा छोरा उनको ब्यालेट डान्सप्रति पूर्णरूपमा असहमत हुन्छन्। बाबुलाई चोट लाग्ला, लडेर शरीर दुख्ला भनेर असहमत भएका हुन्। तर छोराको असहमतिमा बाबुलाई शरीरमा लागेको चोटभन्दा धेरै दुख्छ।

वृद्ध चुलको अर्को पनि समस्या हुन्छ, अल्जाइमर्स। उनी भुल्ने बिमारीको शिकार बनेका हुन्छन्। सबै कुरा बिर्संदा पनि ब्यालेट डान्स भने उनको दिमागमा रहिरहन्छ।

ड्रामा निकै ‘इमोसनल’ छ। वृद्ध चुल खुसी हुँदा दर्शक खुसी हुन्छन्, दुःखी हुँदा सँगै रून्छन्। धेरैले आफ्ना घरमा भएका वृद्ध अभिभावक सम्झन्छन्, त कतिले आफू बूढो भएपछि कस्तो होला भन्ने अनुभूति गर्छन्।

ड्रामामा चुलको हिम्मत बयान गरिसाध्य छैन। उनी धेरैपटक असफल हुन्छन् तर ब्यालेट छाड्दैनन्। एक्लै हुँदा रून्छन् तर अरूको अगाडि सधैं खुसी देखिन्छन्।

ड्रामामा बूढेशकालको एक्लोपनाले कति पिरोल्छ भन्ने कुरा पनि देखाइएको छ। साथै, एउटा युवकको साथले वृद्धमा आएको हिम्मत पनि।

वृद्ध मानिस र भर्खरका युवाको मित्रता पनि गज्जबसँग चित्रण गरिएको छ। उनीहरू सँगै नुहाउँछन्, एउटै भाँडाबाट निकालेर खान्छन्, उस्तै लुगा लगाउँछन्। एउटा दृश्यले उनीहरूको मित्रता कतिसम्म घनिष्ठ रहेछ भनेर देखाएको छ। उक्त दृश्यमा चुलले ब्यालेट डान्स गर्दा लगाउने अन्डरवेयर ल्याउन भुलेको हुन्छ। चाइ रोकले मसँग दुईवटा छ, एउटा लगाऊ भनेर दिन्छ। वृद्ध चुलले अन्डरवेयर नाकनेर पुर्‍याउँछ र राम्रोसँग धोएको त छस्? भनेर प्रश्न गर्छ। चाइ रोकले हल्का रिसाएको जसरी हेर्छ र राम्रोसँग धोएको छु, फिर्ता गर्दा सफा गरेर दे भन्छ।

कोरियन ड्रामामा सामाजिक कथा खोज्नेहरूका लागि नभिलेरा गज्जब छ। यदि तपाईं नृत्य मन पराउनुहुन्छ र एउटा सुन्दर ड्रामाको खोजीमा हुनुहुन्छ भने नभिलेरा हेर्नुस्, समय खेर गएजस्तो पक्कै लाग्ने छैन।

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  ०७:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रको स्पष्टीकरण : प्रधानमन्त्रीको भनाइमा ‘क्रस बोर्डर अकुपेसन’ सँग जोडिएको छ
एमालेको आरोप- प्रधानमन्त्रीले विश्वमै नेपालीको शिर झुकाए
रास्वपाको सचिवालय बैठक आज, संगठनात्मक र समसामयिक विषयमा छलफल हुने
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
परराष्ट्रको स्पष्टीकरण : प्रधानमन्त्रीको भनाइमा ‘क्रस बोर्डर अकुपेसन’ सँग जोडिएको छ आइतबार, जेठ १७, २०८३
एमालेको आरोप- प्रधानमन्त्रीले विश्वमै नेपालीको शिर झुकाए आइतबार, जेठ १७, २०८३
रास्वपाको सचिवालय बैठक आज, संगठनात्मक र समसामयिक विषयमा छलफल हुने आइतबार, जेठ १७, २०८३
संसदभित्र प्रतिवाद नगरेका वर्षमानले बाहिर निस्किएर भने- प्रधानमन्त्रीले माफी माग्नुपर्छ आइतबार, जेठ १७, २०८३
आफ्नो अधिकार सुरक्षित नभएसम्म अमेरिकासँग कुनै सम्झौता नगर्ने इरानको अडान आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा अधिकारी पक्राउ आइतबार, जेठ १७, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्