• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
एमाले अन्तरसंघर्ष

यसकारण रोकियो नेपालपक्षको राजीनामा र ओलीपक्षको 'कारबाही'

64x64
डिबी खड्का मंगलबार, वैशाख २८, २०७८  २२:३६
1140x725

काठमाडौं– नेकपा एमालेको अन्तरसंघर्ष ठूलो आँधी आइसकेपछि सन्नाटा जस्तै भएको छ। नेपाल पक्षका सांसदलाई निरन्तर कारबाहीको दबाबमा पारिरहेको बालुवाटार त्यहीँ रोकिएको छ। पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएको नेपाल पक्ष तत्काल यहाँभन्दा अघि नबढ्ने तयारीमा छ।

सोमबार आगामी रणनीति तय गर्न बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले तत्काल राजीनामा दिन नहुने निष्कर्ष निकालेको छ। राजीनामा दिने विषयलाई प्राथमिकतामा नभइ विकल्पमा राखिएको स्थायी कमिटी सदस्य बेदुराम भूसाल बताउँछन्।

नयाँ सरकार निर्माणमा राजीनामा दिएर भूमिका खेल्ने पक्षमा आफूहरु नरहेको उनले संकेत गरे। ‘हामी सरकारमा जान सक्दैनौं। सरकारमा नजाने भएपछि राजीनामा दिएर किन सरकार बनाउन पहल गर्नुपर्‍यो?’, उनले भने।

अर्को पार्टी बनाएर अघि बढिहाल्ने अवस्था सिर्जना भइनसकेकाले एमालेबाट आफैं सम्बन्धविच्छेद नै गर्ने गतिविधिमा लाग्न नहुनेमा नेपाल पक्षका बहुमत सांसदहरु छन्।

कसरी रोकियो राजीनामा?
आइतबार दिउसो बसेको नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठकले तय गरेको एउटा महत्वपूर्ण रणनीति थियो, राजीनामा दिने। अनलाइन प्लेटफर्म ‘जुम’ मार्फत् बसेको स्थायी कमिटीले यस्तो रणनीति लिएपछि सिंहदरबारस्थित संसद सचिवालयमा नेपाल पक्षका सांसदहरुको बैठक बस्यो।

स्थायी कमिटीको उक्त रणनीतिलाई सांसदहरुले अंगिकार गर्ने अपेक्षा वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावलसहित केही स्थायी कमिटी सदस्यहरुको थियो। त्यही आत्मविश्वासका साथ सांसदहरुको बैठकमा उपाध्यक्ष रावलको प्रस्ताव थियो, ‘स्थायी कमिटीले राजीनामा दिन रणनीति तय गरेको छ। राजीनामाको व्यहोरा म सुनाउँछु, तपाईंहरु ताली पिट्नुहोस् र सबैले राजीनामा पत्रमा हस्ताक्षर गरौं।’

राजीनामाको उक्त प्रस्ताव सुन्ने बित्तिकै धेरै सांसद हच्किए। सांसद पदबाट मात्रै होइन, एमालेबाटै राजीनामा दिएजस्तो हुने भएकाले उपस्थित सांसदहरुले छलफल जरुरी रहेको बताए। उपस्थित सांसदहरुले आफ्नो धारणा राख्न थाले। राति अबेरसम्म छलफल चल्यो। निर्णय भयो, ‘सोमबार बिहान ९ बजेसम्म प्रधानमन्त्री ओलीलाई निर्णय सच्याउने अल्टिमेटम दिने। त्यसो नगरिए राजीनामा दिने।’

यो निर्णयमा धेरै सांसदहरुको सहमति थियो। उनीहरुलाई अपेक्षा थियो– रात रहे अग्राख पलाउँछ अर्थात् कुनै न कुनै तरिकाले सहमति गर्ने अवस्था निर्माण हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

सांसदहरुमा ‘अस्पष्टता’ देखेका उपाध्यक्ष रावल आफन्त बिरामी परेको बताउँदै बैठक चल्दाचल्दै त्यहाँबाट बाहिरिए। राजीनामा दिने निर्णयमा ‘एकमत’ नदेखिएकोमा उनको असन्तुष्टि पनि मिसिएको थियो। त्यो दिन सञ्चारकर्मीले गाडीसम्मै पछ्याउँदा पनि उनले एक शब्द बोल्ने रुचि देखाएनन्।

सोमबार ९ बजेसम्म पनि प्रधानमन्त्री ओलीबाट खास पहल भएन। त्यसपछि आफ्नो पूर्वघोषणा बमोजिमको तयारी गर्न नेपाल पक्षका सांसदहरु संसद सचिवालयको १ नम्बर भवनमा रहेको लेखा समितिको हलमा जम्मा भए। त्यहाँ राजीनामा पत्रमा हस्ताक्षर गर्ने विषयमा धेरै सांसदहरुको अग्रसरता देखिएन। राजीनामा गर्न तत्पर हुने समूह उलेख्य नदेखिएपछि आपसमै मनमुटाव आउने परिस्थिति बन्यो। त्यसले थप क्षति हुने देखेपछि नेपाल समूहका शिर्ष नेताहरुले मध्यमार्गी उपाय अवलम्बन गरे, तत्काल राजीनामा नगर्ने तर विश्वासको मत पनि नदिने। त्यो उपाय संसदमा अनुपस्थित हुने थियो।

राजीनामा पत्र हस्ताक्षर गर्ने कुरा आउँदा बैठक छाडेर लुसुक्क निस्किएका नेपाल पक्षका केही समानुपातिक सांसदहरु यो निर्णयपछि फर्किएका थिए।

सामूहिक राजीनामाकै पक्षमा रहेका वरिष्ठ नेता नेपालसमेत राजीनामा पत्रमा हस्ताक्षर नभएकाले खुसी थिएनन्। सञ्चारकर्मीसँग प्रायः हंसमुख भएर छोटो भए पनि प्रतिक्रिया दिने नेपालमा त्यो दिन केही चिडचिडाहट देखियो। उनको प्रतिक्रिया थियो, ‘सबै कुरा मैले नै भन्ने हो र? सोध्नुहोस् न अरु साथीहरुलाई।’

सांसद पद अबको संगीन 
नेकपा एमालेमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीका क्रियाकलाप्रति असन्तुष्ट समूह ठूलो छ। तर, नेकपा एमाले र त्यसको चुनाव चिह्न सूर्य चटक्कै छाडेर हिँड्ने विषयमा धेरैले सोचिसकेका छैनन्। राजीनामा दिइहाल्न नहुने विचारमा रहेका  नेपाल पक्षका एक सांसदका अनुसार एमाले छाड्न ढिलो भइसक्यो।

उनको बुझाइ छ, ‘अहिले हामीसँग अजेन्डा छैन। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्दा हामीसँग अजेन्डा थियो, फर्केर आयौं। फागुन २८ गते एकलौटी निर्णय गर्दा हामीसँग अजेन्डा थियो, अल्झियौं।’

चैत ४ र ५ गते नेपाल समूहले गरेको कार्यकर्ता भेलाबाट फुटको घोषणा गरिएको भए अवस्था नै बेग्लै हुने उनी बताउँछन्। ‘तर, त्यसपछि बालुवाटारले नेपाल पक्षका नेताकार्यकर्तालाई एकल रुपमा तान्ने प्रयास गर्‍यो, हामीले केही क्षति व्यहोरिसक्यौं। हाम्रो पक्षमा निकै सक्रिय केही सांसदहरु समेत गुमायौं,’ उनले भने।

राजीनामा गर्नबाट नेपाल पक्ष रोकिँदा अहिले संगीन सहितको बटालियन आफूसँग रहेको उनको बुझाइ छ। सांसद पद एमालेमै अन्तरसंघर्ष गर्नका लागि हतियार हुने बताउँदै निर्णायक अवस्थामा त्यसलाई चलाउनुपर्ने धेरै नेताहरुको धारणा छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले पनि यस्तै निष्कर्ष निकालेको छ। स्थायी कमिटी सदस्य बेदुराम भूसालका अनुसार परिस्थितिको आकलन गरेर अघि बढ्ने निष्कर्ष निकालिएको हो।

नेपाल समूहले राजीनामा नदिँदा अहिले त्यही विषय रणनीतिक देखिएको छ। जनता समाजवादी पार्टी स्पष्ट दुई चिरामा देखिएको सन्दर्भमा सत्ता समीकरणका लागि नेपाल समूहको ‘मुभ’ निर्णायक हुनेछ। नेपाल समूहका कम्तिमा २० जनाले ३० गते अगावै राजीनामा दिएको खण्डमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस (६१), माओवादी केन्द्र (४९) र जसपा बाबुराम–उपेन्द्र पक्ष (१६)को गठबन्धन सरकार बन्नेछ। नेपाल समूहमा रहेका २८ जनामा २० जना  मात्रै घट्नेबित्तिकै तत्काल कायम कुल सांसदको संख्या २७१ बाट घटेर २५१ हुनेछ। यो गठबन्धनसँग १२७ जना सांसद हुनेछन्।

ओली समूहले तत्काल कारबाही नगर्ने कारण
प्रधानमन्त्री ओली सोमबार विश्वासको मत लिन असफल भए। आफ्नै पार्टीका सांसदले ‘अविश्वास’ गर्दा सरकार ढल्यो। आन्तरिक व्यवस्थापनमा चुक्दा विश्वासको मत पाउने अवसर गुमेको हो।

पार्टीभित्रकै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई व्यवस्थापन गर्न सकेको खण्डमा उनले विश्वासको मत प्राप्त गर्ने सम्भावना सोमबारको मतदानले देखिएको छ। यदि एमालेका १२१ सांसदहरुलाई नै उपस्थित भएर भोट हाल्ने अवस्था सिर्जना भएको भए जसपाको महन्थ–उपेन्द्र पक्षको १५ मतले स्पष्ट १३६ को बहुमत पुग्थ्यो।

आफूले विश्वासको मत पाउने अवसर गुमाएका प्रधानमन्त्री ओली प्रतिपक्षको गठबन्धनलाई बहुमत पुर्‍याउन नदिने रणनीतिमा छन्। त्यसका लागि नेपाल समूहकै व्यवस्थापन जरुरी देखिन्छ। त्यसैले प्रधानमन्त्री तथा अध्यक्ष ओली यो समूहका सांसदहरुलाई कारबाही गर्नबाट पछि हटेका छन्। स्पष्टीकरण सोधिसकिएका सांसदहरुले गरेको ह्वीप उल्लंघनलाई समेत तत्कालका लागि नजरअन्दाज गर्ने रणनीतिमा ओली पक्ष देखिन्छ।

किनभने नेपाल समूहलाई कारबाही गर्दा घट्ने कुल सांसदको संख्याका कारण विपक्षी दललाई सरकार बनाउन सहज हुनेछ। त्यसमा पनि नेपाल समूहसँग रहेका केही सांसद बाहेकले छुट्टिन नखोजेको बालुवाटारको बुझाइ छ। त्यसैले सकेसम्म कारबाही गरेर थप चिढाउने भन्दा फकाएरै एमालेमै राख्ने रणनीति तय गरिएको छ।

बालुवाटार स्रोतका अनुसार नेपाल पक्षकै दोस्रो तहका केही नेताहरुले प्रधानमन्त्री ओलीको कार्यशैलीको खरो विरोध गरे पनि एमाले नछाड्ने सन्देश प्रवाह गरेका छन्। सोमबार संसद अधिवेशनअघि प्रधानमन्त्री ओलीका एक विश्वासपात्र अर्थमन्त्री विष्णु पौडेलसँग नेपाल पक्षका तीन प्रभावशाली नेता, उपमहासचिव घनश्याम भूसाल र सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईले भेटवार्ता गरे। त्यो समय नेपाल पक्षले अनुपस्थित हुने निर्णय गरिसकेको थियो भने ओली पक्ष नेपाल समूहसँग ‘नुझुक्ने तर भाँच्चिने’ अवस्थामा पुगेको थियो।

दोस्रो तहका नेताहरुको वार्ता वा सहमतिले कायापलट हुने केही थिएन। तर पनि भेटवार्ता हुनु अर्थपूर्ण थियो। बालुवाटार सामूहिक कारबाही गर्न नहतारिनुमा यो संवाद पनि महत्त्वपूर्ण रहेको बुझिएको छ।

अन्तरसंघर्षमा आफ्ना मुद्दा र अडानमा दुवै पक्ष कायम छन्। बाह्य संघर्षको यो समयमा दुवै पक्षले चाल चल्नुअघि ‘पर्ख र हेर’को रणनीति अख्तियार गरिरहेका छन्। क्रिया बराबरको प्रतिक्रियाको तयारीमा भने दुवै पक्ष छन्।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  २२:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्