काठमाडौं– अक्सिजनको मात्रा नाप गर्ने पल्स अक्सिमिटरको कालोबजारी शुरु भएको छ। कालोबजारी गरेको आरोपमा धनुषाबाट दुई जना पक्राउ परेका छन्।
जनकपुर उपमहानगरपालिका–९ डेरा गरी बस्ने सिरहा शुखिपुर नगरपालिका–२ घर भएका बिनिता सर्जिकल स्टोरका सञ्चालक ३० वर्षीय भुपनरायण साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
सोही उपमहानरगपालिका–९ बाह्र बिघास्थित बिनिता सर्जिकल स्टोरले १ हजार ७ सय रुपैयाँ पर्ने पल्स अक्सिमिटर २ हजार ५ सय देखि ३ हजार रुपैयाँ सम्ममा बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ।
उक्त स्टोरले कालोबजारी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न साहलाई पक्राउ गरेको हो । साथै उक्त स्टोरबाट २८ थान पल्स अक्सिमिटर समेत प्रहरीले बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।