• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ १४, २०८३ Thu, May 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि के हुन्छ, कसरी बन्छ नयाँ सरकार? 

64x64
नेपाल लाइभ सोमबार, वैशाख २७, २०७८  १२:०६
1140x725

काठमाडौं- प्रतिनिधि सभाको ‘विशेष’ अधिवेशन दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुरु हुँदै छ। 

बैठकको शुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ। 

त्यसैगरी बैठकमा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने कार्यतालिका तय भएको छ। आजकै बैठकमा प्रधानमन्त्रीको विश्वासको प्रस्तावउपर कारबाही प्रक्रिया अघि बढ्नेछ। 

उक्त वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत माग्दै आइतबार संसद् सचिवालयमा दर्ता गराएको पत्र पेश हुने छ। लगत्तै सभामुख सापकोटाले प्रधानमन्त्रीलाई विश्वासको मत माग्ने समय दिने छन्।

प्रधानमन्त्रीले बोलेपछि राजनीतिक दलका प्रतिनिधिलाई सभामुखले बोल्ने समय दिने छन्। दलका प्रतिनिधिहरुले  बोलिसकेपछि आजै यसलाई प्रक्रियामा लगिने छ। सभामुख सापकोटाले विश्वासको मतको पक्ष र विपक्षमा भोटिङको प्रक्रिया शुरु गर्ने छन्।

केही सांसदहरु कोरोना संक्रमित भएकाले दुई वटा स्थानमा भोटिङ हुने व्यवस्था संसद् सचिवालयले मिलाएको छ। संक्रमित भएकाहरुलाई अलग्गै र अरुलाई अलग्गै मतदान स्थान सञ्चालन हुने संसद सचिवालयले जनाएको छ। 

पछिल्लो राजनीतिक अवस्था हेर्दा प्रधानमन्त्री ओलीलाई विश्वासको मतका लागि चाहिने आवश्यक संख्या भने नपुग्ने देखिन्छ। प्रधानमन्त्री पदमा कायम रहन ओलीले १ सय ३६ सांसदको समर्थन लिनुपर्नेछ। 

कुल २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा चार जना सांसदको पद रिक्त रहेकाले तत्काल कायम संख्या २७१ छ। त्यसमा एमालेको १ सय २१ सिट छ। प्रमुख प्रतिपक्षी कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९, जनता समाजवादी पार्टीका ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसद १/१ छन्। राप्रपाका सांसद कोरोना संक्रमित भएर झापामा रहेका छन् भने प्रधानमन्त्री ओलीकै पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मतदान प्रकृयामा सहभागी नहुने निर्णय गरिसकेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

जसपाको एक पक्षले मत दिने आस प्रधानमन्त्रीले ओलीले गरेपनि उनीहरुले तटस्थ रहने भन्दै आएका छन्। महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष ओलीसँग निकट भएपनि मत दिन नसक्ने अवस्थामा खुलेको छ।  

तर, कुनै आश्चर्यजनक रुपमा ओलीले विश्वासको मत प्राप्त गरेमा उनको सरकार एक वर्षका लागि सुनिश्चित हुने छ। एक पटक विश्वासको मत लिएपछि एक वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने संवैधानिक व्यवस्थाका कारण उनी सरकारमा निरन्तर हुने छन्।

हालसम्मको अंकगणित हेर्दा प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने देखिन्छ। विश्वासको मत नपाएपछि उनको सरकार ढल्ने छ। प्रतिनिधि सभाले बनाएको सरकारले विश्वासको मत नपाएपछि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा वुझाउने छन्। उनले पदवाट राजीनामा दिएलगत्तै नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने छ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ अनुसार नयाँ सरकार गठनको लागि प्रस्ताव आह्वान गर्ने छिन्। हालसम्म कुन–कुन पार्टी मिलेर नयाँ सरकार बन्छ भन्नेमा अझै अन्योल नै देखिन्छ। माओवादी केन्द्र र नेपाली कांग्रेस एक ठाउँमा देखिएको छ भने जसपा दुवैतिरको अवस्थामा रहेको छ। महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीनिकट देखिँएदै आएका छन् भने बाबुराम भट्टराई–उपेन्द्र यादव काँग्रेस गठवन्धनतिर नजिक देखिएका छन्। नयाँ सरकार गठनको अवस्थामा उनीहरु निर्णायक हुने छन्। 

शुरुमा नेपालको संविधानको धारा ७६ को उपधारा १ मा बहुमत प्राप्त दलको नेतृत्वमा सरकार गठन गर्ने प्रयास हुने छ। हाल यो अवस्था नभएकाले सिधै धारा ७६ को उपधारा २ अनुसारको सरकार बनाउने प्रयासमा दलहरु हुने छन्। यसअघि नेकपा एमाले र माओवादी केन्द्र मिलेर शुरुमा ७६ को उपधारा २ अनुसारको सरकार बनाएका थिए भने पार्टी एकतापछि ७६ को उपधारा १ मा रुपान्तरण भएको थियो। 
एकतापछि बनेको नेकपाको संसदीय दलको नेताको रुपमा ओली प्रधानमन्त्री बनेका थिए। तर, सर्वोच्च अदालतले फागुन २३ गते नेकपा विवादमा गरेको फैसलाले एमाले र माओवादी केन्द्र ब्युताएपछि पुन: ओली ७६ को उपधारा २ को सरकारमा रुपान्तरण भएका थिए। अहिले माओवादीले ओलीलाई दिएको समर्थन फिर्ता लिइसकेकाले उनी  अल्पमतको सरकार नेतृत्व गरिरहेका छन्। 

कुनै पनि दलसँग स्पष्ट बहुमत नभएको अवस्थामा संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ। धारा ७६ को उपधारा २ मा ‘उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ ’ भनिएको छ।  

उपधारा २ बमोजिम सरकार बनाउन कांग्रेस, माओवादी र जसपा मिल्नुपर्छ। तर ओलीलाई सरकार बनाउनका लागि आफ्नै पार्टीका माधव नेपाल पक्ष र जसपाको साथ चाहिन्छ। तर, जसपा सरकार निर्माणको कार्यमा तटस्थ बसेमा त्यस्तो अवस्थामा यो धारा अनुसार पनि सरकार नबन्ने सम्भावना रहन्छ। 

उपधारा २ बमोजिम पनि सरकार गठन हुन नसकेमा उपधारा ३ बमोजिम अघि बढ्नुपर्ने हुन्छ। सो उपधारामा राष्ट्रपतिले संसदको सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ। धारा ७६ को उपधारा ३ सम्म पुग्नुपर्ने अवस्था आएमा र माधव–झलनाथ पक्षका सांसदहरुले राजीनामा नदिने भएमा १२१ सांसदहरु भएको एमालेले नै ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्न पाउने छ। एमाले संसदीय दलको नेता केपी शर्मा ओली भएकाले पुनः उनी नै प्रधानमन्त्री बन्न सक्ने छन्। 

उपधारा ३ बमोजिम बनेका प्रधानमन्त्रीले ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था छ। सो बमोजिम विश्वासको मत प्राप्त गर्न नसके फेरि अर्को धारामा जाने छ। संविधानको धारा ७६ को उपधारा ५ मा यो व्यवस्था छ। अन्य कुनै पनि नेताले विश्वासको मत पाउने आधारसहित प्रधानमन्त्रीमा दाबी गर्न पाउने यो धारामा उल्लेख छ। उपधारा ५ को व्यवस्था बमोजिम बनेको प्रधानमन्त्रीले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।

यदी विश्वासको मत पाउन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले ६ महिनाभित्र निर्वाचन गर्ने गरी प्रतिनिधिसभा विघटन गर्नसक्ने संविधानमा व्यवस्था छ। 

संविधानको धारा १ देखि ५ सम्मको प्रक्रिया पूरा गरेको र सरकार प्रतिनिधि सभाले दिन नसकेको देखिएमा विघटन गर्न पाउने सर्वोच्चको यसअघिको फैसलामा पनि उल्लेख छ। 

प्रधानमन्त्री ओलीले पुस ५ गते यी सवै धारा अनुसार सरकार बन्न नसक्ने र बहुमत आफूसँग भएको दावी गर्दै प्रतिनिधि सभा विघटन गरेका थिए। तर, सर्वोच्च अदालतले संविधानको धारा ७६ को १ देखि ५ सम्मको प्रक्रियाको अभ्यास नै नगरी विघटन गरेको देखिएकाले बदर भई पुनस्थापना हुने फैसला सुनाएको थियो। प्रधानमन्त्री ओली अहिले धारा ७६ को ३ अनुसार प्रधानमन्त्री हुँदै उपधारा ५ को अभ्यास हुन नदिई विघटनमा पुग्न सक्ने आकलन गरिदै आएको छ। 

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १२:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा
सडकको भाषणले समाधान नआउने चन्द्र भण्डारीको टिप्पणी, काँग्रेसभित्र सुधारको आह्वान
पार्टी एकताका लागि जसपा नेपालले गठन गर्‍यो वार्ता समिति
सम्बन्धित सामग्री
सडकको भाषणले समाधान नआउने चन्द्र भण्डारीको टिप्पणी, काँग्रेसभित्र सुधारको आह्वान उनका अनुसार सत्तामा रहँदा होस् वा प्रतिपक्षमा, काँग्रेसभित्र बारम्बार देखिने भागबन्डा केन्द्रित प्रतिस्पर्धाले संगठनलाई कमजोर बनाइरह... बिहीबार, जेठ १४, २०८३
पार्टी एकताका लागि जसपा नेपालले गठन गर्‍यो वार्ता समिति वार्ताका लागि पार्टी केन्द्रीय समितिका सदस्य रकम चेम्जोङ, रेणु यादव र डा.सुरेन्द्रकुमार झालाई जिम्मेवारी दिइएको हो । बिहीबार, जेठ १४, २०८३
राप्रपाले जेठ १५ मा स्थापना दिवस मनाउने पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार चाबहिलस्थित केन्द्रीय कार्यालयमा झन्डोत्तोलन तथा शुभकामना आदानप्रदान कार्यक्रममार्फत स्थापना... बिहीबार, जेठ १४, २०८३
ताजा समाचारसबै
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
सडकको भाषणले समाधान नआउने चन्द्र भण्डारीको टिप्पणी, काँग्रेसभित्र सुधारको आह्वान बिहीबार, जेठ १४, २०८३
पार्टी एकताका लागि जसपा नेपालले गठन गर्‍यो वार्ता समिति बिहीबार, जेठ १४, २०८३
सिक्री लुटपाटमा संलग्न चार जना पक्राउ बिहीबार, जेठ १४, २०८३
राप्रपाले जेठ १५ मा स्थापना दिवस मनाउने बिहीबार, जेठ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
नेपाल प्रहरीका १४ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित) बिहीबार, जेठ १४, २०८३
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
दुग्ध विकास संस्थानमा सीआईबीको छापा, पाँच कर्मचारीको मोबाइल र कागजात नियन्त्रणमा बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्