काठमाडौं- प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हतारोमा कुनै पनि अनुचित निर्णयमा जानु वाञ्छनीय नहुने आफ्ना सांसद्हरुलाई ध्यानाकर्षण गराएका छन्।
आफूले प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेको सन्दर्भ उल्लेख गर्दै सोमबार ट्विटरमार्फत् ओलीले आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन्।
सोमबार प्रधानमन्त्री ओलीले राखेको विश्वासको प्रस्तावमाथि मतदान हुँदैछ। एमालेकै माधवकुमार नेपाल पक्षका सांसद्हरुले भने सामूहिक राजीनामाको तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।