काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली आज प्रधानमन्त्रीबाट हटे पनि सम्झनामा भइरहने बताएका छन्।
अनेक विवाद/असफलताका बावजुद लिम्पियाधुरासहितको 'चुच्चे' नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भइरहने उनको भनाइ छ।
अध्यक्ष थापाले ट्विटरमा लेखेका छन्, 'नाटकीय परिवर्तन भएन भने आज प्रम केपी शर्मा ओलीले संसद्मा विश्वासको मत गुमाउनुहुनेछ। आजै राजीनामा आउला। फेरि प्रम बन्न सक्नुहोला। जेहोस् अनेक विवाद/असफलताका बावजुद लिम्पियाधुरासहितको 'चुच्चे' नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भइरहनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।