काठमाडौं–ला लिगाअन्तर्गत आइतबार रातिको खेलमा रियल मड्रिड बराबरीमा राेकिएकाे छ। उपाधिको दाबेदार टोली रियल सेभिल्लासँग घरेलु मैदानमै बराबरीमा रोकिएको हो।
पहिलो हाफमा १–० ले पछि परेको रियलले खेलमा फर्कँदै गरेको बराबरीसँगै ला लिगा उपाधि होड थप रोमाञ्चक मोडमा पुगेको छ।
ब्राजिलियन खेलाडी फर्नान्डोको गोलमा सेभिल्लाले २२ औं मिनेटमै अग्रता बनाएका थियो। मार्को एसेन्सियोले खेलको ६७ औं मिनेटमा गोल गर्दै रियललाई बराबरीमा ल्याएका थिए।
पहिलो हाफमा उत्कृट प्रदर्शन गरेको सेभिल्लाको खेल दोस्रो हाफमा भने कमजोर बनेको थियो।
खेलको ७५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि सेभिल्लाले २–१ को अग्रता बनाएको थियो। कर्नर प्रहार गर्ने क्रममा रियलका खेलाडीको हातमा बल लागेपछि सेभिल्लाले पाएको पेनाल्टीमा इभान राकटिचले गोल गरेका थिए।
खेलको अतिरिक्त समयमा इडेन हजार्डले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए।
बराबरीसँगै रियलको ३५ खेलबाट ७५ अंक छ। ३५ खेलबाट ७५ अंकका साथ बार्सिलोना लिगको तेस्रो स्थानमा भने समान खेल खेलेको एट्लेटिको ७७ अंकसहित लिगको शीर्ष स्थानमा छ।
सेभिल्ला भने ३५ खेलबाट ७१ अंक जोड्दै लिगको चौथो स्थानमा कायमै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।