• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेपालपक्षमा ‘फाइनल’ बहस : आत्महत्या गर्ने कि मृत्युदण्ड कुर्ने?

64x64
डिबी खड्का आइतबार, वैशाख २६, २०७८  २२:५३
1140x725

काठमाडौं– पूर्ववत् निर्णयअनुसार सांसदबाट राजीनामा गर्न दिउँसो २ बजे नै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल  र झलनाथ खनाल पक्षका केही सांसद सिंहदरबार पुगिसकेका थिए। स्थायी कमिटीले सामूहिक राजीनामा गर्ने निर्णय गरिसकेकाले एउटै कार्यक्रम तय भएको थियो, राजीनामाको औपचारिक पत्रमा हस्ताक्षर।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीपक्षका नेता सुवास नेम्वाङका अनुसार ओलीले वरिष्ठ नेता नेपाललाई फोन गरेर राजीनामाका लागि हतार नगर्न आग्रह गरे। संवादका लागि सक्रियता बढाउने संकेत गरे। तर, नेपालले आफू सिंहदरबार पुगिसकेको भन्दै त्यहीँ आए मात्रै भेट्न सकिने बताए। 

प्रधानमन्त्री ओली आफैं आएनन्। आफूनिकट नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेललाई पठाए। प्रधानमन्त्री ओलीका दूत मात्र बनेर आइपुगेका उनीहरुले नेपाललाई ‘नहतारिन’ आग्रह गरे। नेपालले उही अडान अर्थात् पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने कुरा राखे। धेरै समय प्रधानमन्त्री ओलीबाट आफूले खेप्नुपरेको अपमान सुनाएर बिताए। त्यस विषयमा प्रधानमन्त्रीसँग कुरा गर्ने भन्दै नेताद्वय नेम्वाङ र पौडेल बाहिरिए। 

बाहिरिँदै गर्दा नेम्वाङको प्रतिक्रिया थियो, ‘हामीले अध्यक्षको चिन्ता र सरोकारको कुरा राखेका छौं। उहाँले (नेपालले) पनि आफ्नो कुरा खुलस्त रुपमा राख्नु भयो। हामी ती कुरा प्रधानमन्त्रीसँग पुर्‍याउँछौं।’

नेपाल पक्षका २१ जना सांसद सिंहदरबास्थित संसद सचिवालयको सार्वजनिक लेखा समितिको हलमा वार्ताको निष्कर्ष कुरिरहेका थिए। एमाले छाडेर जाने कुराले मन अमिलो बनाइरहेका उनीहरुमा स्वाभाविक आशा थियो। तर, नेपाल उही धेरै आशावादी नदेखिने हाउभाउसहित हलमा पसे। धेरैले त्यसबाट वार्ता सफलताउन्मुख नरहेको अनुमान लगाए। उनीहरुका आशावादी आँखाले निराशा देखे।

बैठकमा सहभागी नेपाल पक्षीय एक सांसदका अनुसार धेरैले एकअर्कासँग अरु दिनजस्तो आपसमा संवाद गर्न खोजिरहेका थिएनन्। उनीहरु आफैंभित्र अन्तरसंघर्ष गरिरहेको जस्तो मनोवृत्तिमा थिए। 

राजीनामा प्रस्ताव ‘स्वीकार्न असहज’
बैठकको सुरुमा एमाले उपाध्यक्ष भीम रावल आफ्नो स्वभावअनुसार प्रष्ट प्रस्तुत भए। उनको प्रस्ताव थियो, ‘धेरै छलफल गर्नुपर्ने केही छैन। ओली सच्चिँदैनन्। म प्रस्ताव राख्छु, तपाईंहरु ताली बजाउनुहोस् र राजीनामा पत्रमा हस्ताक्षर गरौं।’ 
वरिष्ठ नेता नेपाल त्यसैमा सहमत थिए।

त्यो प्रस्ताव नेपाल पक्षका त्यहाँ उपस्थित सांसदको साझा त थियो तर धेरैलाई तुरुन्तै स्वीकार्न मुश्किल पर्‍यो। बैठकमा सहभागी एक सांसदले माहोलको दृष्य वर्णन गर्दै नेपाल लाइभसँग भने, ‘सबैलाई उकुसमुकुस भइरहेको थियो। आफ्नो भावना सुनाउनुपर्ने थियो। त्यसैले भनाइ राख्न पाउनुपर्ने आवाज उठ्यो। हामी आत्मदाह नै गर्ने हो। तर, त्यसअघि कुरा राखौं भन्ने भयो।’ त्यसपछि एक–एक गरी सांसदले आफ्ना भनाइ राखे। उनीहरुको भनाइमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अन्याय गरेको त झल्किन्थ्यो तर ‘अहिल्यै बाटो लागि हाल्ने र?’ भन्ने प्रश्न पनि सँगै देखिन्थ्यो।  

nimb
nimb
Ncell 2
Ncell 2

बैठकको माहोल शब्दमा दृष्यांकन गर्दै एक सांसदले भनिन्, ‘साथीहरुले बोल्न थालेपछि माहोल त एकाएक ‘घर छाड्ने रात’ मनोवाद जस्तो बन्यो। त्यो युवा जान त प्रगतिका लागि नै जाँदै थियो तर मनमा अनेक प्रसंगको अन्तरसंघर्ष थियो।’

धेरैले आफूले नेकपा एमाले बनाउन गरेका संघर्षहरु सम्झिए। कार्यकर्ताले पठाएका सन्देशहरु सुनाए। ती सांसद भन्छन्, ‘अरु दिन अग्रसर भएर आफ्ना कुरा राख्ने नेताहरु पनि आज त्यति उत्साही देखिनुभएन। सुरुमा बोल्न रहर गरेजस्तो गर्नेहरु पनि बरु पालो आइहाल्यो, यति कुरा राखौं जस्तोगरी प्रस्तुत हुनुभयो।’

आत्महत्या गर्ने कि मृत्युदण्ड कुर्ने?

धेरैले ‘मृत्युको विकल्प मृत्यु’को जस्तो अवस्था आइलागेको उल्लेख गरे। उनीहरुको भनाइको सार थियो, ‘एमालेबाट हाम्रो मृत्यु निश्चित भयो। अब सामूहिक आत्महत्या गर्ने कि अरुले दिने मृत्युदण्ड कुर्ने?’यहीबीचमा पनि केही सांसद कार्यकर्ताको मनोदशालाई प्रस्तुत गर्दै थिए। आफूले गर्ने निर्णयले अरु सयौं नेता र हजारौं कार्यकर्ताको व्यक्तिगत जीवन र राजनीतिक जीवनमा पर्ने प्रभावलाई ख्याल गरेर अघि बढ्नुपर्ने बताइरहेका थिए। 

त्यसक्रममा कतिले आफैलाई चोट पर्ने कटाक्ष गरिरहेका थिए, ‘हामीले त दोस्रोपल्ट घर छाड्नुपर्ने भयो। पहिलोपल्ट बामदेव गौतमको लहलहैमा छाडियो। अहिले निकालामा परिने अवस्था सिर्जना भयो।’ तर, त्यहाँ मुख्यतः जुन बाटो हिँड्दा पनि सहज नभएको समिक्षा भयो। ‘मृत्यु वा विद्रोह एउटा बाटो रोज्नुपर्ने ठाउँमा आइपुगियो, व्रिदोहलाई नै रोजौं,’ सांसदहरुको निष्कर्ष थियो।

यसरी माहोल भावकु बन्दै गर्दा धेरैको अनुहारमा शून्यता छाएको थियो। एकअर्काको अनुहारमा हेर्न मुश्किल परिरहेको थियो। ‘रुवाबासी भएन। बाँकी सवै भयो,’ एक सांसदले बैठकको माहोल बताउँदै भने, ‘रुने वातावरण भएन, सवै टाढाटाढा बसियो। एकले अर्कोलाई नजिकबाट देख्न सक्ने अवस्था थिएन, नत्र त रुने अवस्था पनि हुन्थ्यो कि?’

र, ओलीको विज्ञप्तिपछि आक्रोश
माहोल भावुक बनिरहेको थियो। त्यहीबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको बिज्ञप्ति सार्वजनिक भयो। आशावादी हुँदै विज्ञप्तितर्फ आँखा लगाएका नेपालपक्षीय नेताहरुको चेहरामा एकाएक आक्रोश छायो। भावुक बन्दै गएको माहोल एकाएक आक्रोशमा परिणत भयो। 

विज्ञप्तिमा उनले  माधवकुमार नेपाल पक्षलाई लक्षित गर्दै कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्याका कारण यस्तो अवस्था आएको उल्लेख गरेका थिए। भनेका थिए, ‘यस आन्दोलनलाई उनीहरूको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउनु हुँदैन। आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरूका स्वार्थलाई मलजल गर्न कतै फ्लोर क्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी र गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएका छन्। कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि आज देखापरेका छन्। यी प्रवृत्ति कुनै पनि हिसावले उपयुक्त होइनन् र यी हानिकारक छन्।’

प्रधानमन्त्री ओलीसँग रहेको झिनो आशा पनि यो विज्ञप्तिबाट समाप्त भएपछि ‘बालुवाटारसँग लिबरल’ नेपाल पक्षीय सांसद पनि ‘वारपार’मै आइपुगेको त्यहाँ सहभागी एक सांसद बताउँछन्। त्यसपछि प्रसंग मोडियो। पूर्वअडानमा सम्झौता नगरेरै अगाडि बढ्नुपर्ने आवाज उठ्न थाल्यो। आफूहरुले समानान्तर कमिटी बनाइसकेको बताउँदै कार्यकर्ता समेत फुटका लागि राजी रहेका प्रसंगहरु आउन थाले। ‘हामीलाई अब खुट्टा कमाउने छुट छैन। नयाँ बाटो हिँड्ने निर्णय गरेर अघि बढौं। आजै राजीनामा दिउँ,’ फेरि प्रस्ताव आयो।

प्राविधिक कारणले अल्टिमेटम
उपस्थित सांसदहरु राजीनामा गर्न राजी भइसकेका थिए। तर, एकरात पर्खिनुपर्ने आवाज पनि सँगै उठ्यो। प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई पार्टी एकता जोगाउने अवसर दिनुपर्ने केहीले बताए। यो कारणमा प्राविधिक कारण पनि जोडियो, ‘आज राजीनामा बुझाउन कार्यालय समय पनि घर्किसक्यो। भोलि बिहान ९ बजेसम्मलाई पर्खिनु नै छ।’

त्यसपछि प्रधानमन्त्री ओलीलाई अल्टिमेटम दिने प्रस्ताव आयो र सवैको सहमति जुट्यो। अध्यक्ष ओलीलाई माग सम्बोधनका सन्दर्भमा सोमबार बिहान ९ बजेसम्मको समयसीमा दिने निर्णय गरेको नेपाल–खनाल पक्षका नेता योगेश भट्टराईले औपचारिक रुपमा जानकारी दिए। 

आफूहरुले उठाएका विषयमा सोमबार बिहान ९ बजेसम्म प्रतिबद्धता नआए ‘आवश्यक निर्णय’ लिइने पनि भट्टराईले जानकारी दिए। बैठकले दुई विषय तय गरेको छ। पहिलो, पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने। दोस्रो, आगामी दिनमा पार्टीलाई सहमतिका साथ अगाडि बढाउने कुरामा प्रतिबद्धता जनाउनुपर्ने। 

‘उहाँले त्यो प्रतिबद्धता जनाउनुभयो भने प्रतिनिधि सभामा हाम्रो उपस्थिति हुन्छ। र हामी विश्वासको प्रस्तावको पक्षमा मतदान गर्छौं। त्यो स्थिति भएन र एउटा समूहलाई पेल्ने, धकेल्ने, कारबाही गर्ने, हतोत्साही गर्ने, डर धाक धम्की दिने, सत्ताको दुरुपयोग गर्ने जस्ता क्रियाकलापहरु निरन्तर भए भने हामीले भोलि वैशाख २७ गते जे निर्णय गर्नुपर्ने हो, त्यो निर्णय गर्छाैं,’ भट्टराईले भने। 

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सोमबार बिहानसम्म माग पूरा नगरे आइतबार रातिसम्म सिंहदरबारमा बसेको बैठक ‘घर छाड्ने रात’मै परिणत हुनेछ। बैठकमा सहभागी एक सांसदले भने, ‘भोलिबाट हामी भर्चुअल्ली एमाले हुँदैनौं भन्ने मनोदशाले जस्तो बनाउँछ, त्यस्तै बनायो।’ 

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  २२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान सोमबारका दिउँसाे २ बजे संघीय संसद भवन, सिहंदरबारमा बस्नेगरी दुवै सदनकाे अधिवेशन आह्वान गरिएकाे हाे । मंगलबार, वैशाख २२, २०८३
वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफार... मंगलबार, वैशाख २२, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ। मंगलबार, वैशाख २२, २०८३
ताजा समाचारसबै
‘तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु’: जिल्ला प्रशासन बुधबार, वैशाख २३, २०८३
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बुधबार, वैशाख २३, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
बागमतीमा घटाइयो मन्त्रालय संख्या मंगलबार, वैशाख २२, २०८३
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ मंगलबार, वैशाख २२, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
बागमतीमा घटाइयो मन्त्रालय संख्या मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्