काठमाडाैं- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार साँझ भएकाे खेलमा म्यानचेस्टर युनाइटेडले पुनरागमन जित निकालेको छ।
अवे मैदानमा भएको खेलमा युनाइटेडले १० खेलाडीमा सिमित एस्टन भिल्लालाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस, मासन ग्रीनउड र एडिन्सन काभानीले एक/एक गोल गरे।
२४औं मिनेटमा बेर्ट्रान्ड ट्राओरेको गोलमार्फत् एस्टन भिल्लाले खेलमा सुरुवाती अग्रता लिएकाे थियाे। तर, एस्टन भिल्लाले उक्त अग्रता जाेगाउन नसक्दा दोस्रो हाफमा ३ गाेल खायाे।
५२औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए। डुग्लस लुइजले पेनाल्टी बक्समा पल पोग्वालाई लडाएपछि प्राप्त पेनाल्टीलाई ब्रुनोले सदुपयाेग गरे।
५६ औं मिनेटमा ग्रीनउडले गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए। खेल सकिन ३ मिनेट बाँकी रहदाँ काभानीले गोल गर्दै युनाइटेडलाई ३-१ को जित दिलाए।
८९औं मिनेटमा ओली वाट्कीन्सले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एस्टन १० खेलाडीमा समेटिएको थियो।
जितसँगै युनाइटेडले ३४ खेलमा ७० अंक जोडेको छ। युनाइटेड दोस्रो स्थानमा यथावत् छ।
पराजित एस्टन भिल्ला ४८ अंक जोडेर ११औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।