ओखलढुंगा– मादक पदार्थ (रक्सी) सेवन गरी झै–झगडा हुँदा ओखलढुंगामा १ जनाको मृत्यु भएको छ।
जिल्लाको खजिदेम्बा गाउँपालिका-१ आरुबोटमा १ जनाको मृत्यु भएको हो। आरुबोट बस्ने ६० वर्षीय महेस कुमार खड्का र सोही ठाउँ बस्ने ५० वर्षीय प्रेम कुमार सुनुवार बीच मादक पदार्थ सेवन गरी शनिबार बेलुका झै-झगडा तथा कुटाकुट हुँदा महेश कुमार खड्काको घटनास्थलमै मृत्यु भएको हो।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिजिफलाटे र प्रहरी चौकी रगनीबाट खटिएको प्रहरीले कुटपिट हुँदा घाइते भएका प्रेम कुमारलाई उपचारको लागि ओखलढुंगा सामुदायिक अस्पतालतर्फ लगेको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।