काठमाडौं- महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहतका वृत्तहरू समेतबाट खटिएका प्रहरी टोलीले भक्तपुरका विभिन्न ठाउँबाट ९५ थान अक्सिजन सिलिण्डर संकलन गरी अस्पताललाई वितरण गरेको छ।
कोरोना भाइरस संक्रमित बिरामीको उपचारार्थ अस्पतालहरूलाई ९५ थान सिलिण्डर वितरण गरिएको भक्तपुर प्रहरीले जानकारी दिएको छ।
भक्तपुर इन्टरनेशनल अस्पताल लोकन्थलीलाई १२ वटा भरी सिलिण्डर, भक्तपुर अस्पतालमा ५० वटा खाली र ५ वटा भरी गरी ५५ वटा सिलिण्डर, अल्का अस्पताल ललितपुरमा ३ वटा भरी सिलिण्डर र नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा २५ वटा खाली सिलिण्डर वितरण गरिएको हो ।
कोभिड–१९ को महामारीले संक्रमितको संख्या बढ्दै जाँदा अहिले ग्यास सिलिण्डरको अभाव भएको छ। प्रहरीले कवाडीदेखि विभिन्न ठाउँमा थन्काएर राखेका ग्यास सिलिण्डर समेत संकलन गरेर अस्पतालहरुलाई वितरण गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।