काठमाडौं– चेल्सी विरुद्धको खेलमा सर्जियो अग्युरो पेनाल्टीमा चुकेपछि उपाधिका लागि म्यान्चेस्टर सिटीले कुर्नुपर्ने भएको छ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिवार राति भएको खेलमा चेल्सीले सिटीविरुद्ध जित निकालेको थियो।
घरेलु मैदानमा चेल्सीसँग २–१ ले पराजित भएसँगै उसले उपाधिका लागि पर्खनु पर्ने भएको हो।
रहीम स्ट्रर्लिङ्गको गोलबाट ४४ औँ मिनेटमा सिटीले सुरुवाति अग्रता बनाएको थियो। पहिलो हाफको अतिरिक्त समयमा पाएको पेनाल्टीबाट अग्युरो चुक्दा सिटीको उपाधि यात्रा एक पछि सरेको छ।
दोस्रो हाफमा चेल्सीले पुनरागमन गरेको थियो। चेल्सीका लागि ६३ औँ मिनेटमा जियचले गोल गर्दै बराबरी गरेका थिए।
इन्जुरी समयको ९२ औँ मिनेटमा एलोन्सोले गोल गर्दा चेल्सी बिजयी बनेको हो।
म्यानचेस्टर सिटीलाई इंग्लिस च्याम्पियन बन्नका लागि तीन अंक आवश्यक छ । तीन खल बाँकी हुँदा शीर्ष स्थानको म्यानचेस्टर सिटीको ८० अंक भएको छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३३ खेलबाट ६७ अंक छ भने तेस्रो स्थानको चेल्सीको ३५ खेलबाट ६४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।