काठमाडाैं- स्पेनिस ला लिगा फुटबल अन्तर्गत शुक्रबार भएकाे खेलमा दुई उपाधि दाबेदार क्याटलान क्लब बार्सिलोना र एट्लेटिको मड्रिडबीचकाे खेल बराबरीमा सकिएकाे छ।
बार्सिलोनाकाे घरेलु मैदान क्याम्प नोउमा भएकाे खेल गोलरहित बराबरीमा सकिएकाे हाे।
पहिलो हाफमा पाहुना टोलीले बल पोजिसनमा पकड बनाएपनि फिनिसिङमा चुक्दा अग्रता लिनबाट चुकेको थियो। दोस्रो हाफमा घरेलु टोली बार्सिलोनाले सुधारिएको खेल पस्किन नसक्दा खेल बराबरीमा टुंगिएकाे हाे।
यी दुई टाेलीबीच भएकाे बराबरीले रियल मड्रिडलाई फाइदा पुगेको छ।
बराबरीपछि शीर्षस्थानमा रहेको एट्लेटिकोको ३५ खेलबाट ७७ अंक पुगेको छ। दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाको ७५ अंक पुगेको छ।
एक खेल कम खेलेको रियलको ७४ अंक छ।
सेभियालाई हराए समान ७७ अंक रहेपनि रियल हेड टु हेडमा शीर्षस्थानमा उक्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।