काठमाडाैं- ब्राजिलियन स्टार नेयमारले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग थप ४ वर्षे सम्झौता नविकरण गरेका छन्।
नेयमारले शनिबार हप्ताको ५ मिलियन पाउण्ड पाउने गरी सन् २०२५ सम्म पीएसजीमा रहने सम्झाैता गरेका हुन्।
फुटबल न्यूज पाेर्टल गाेल डटकमका अनुसार उनले पीएसजीबाट एक सिजनमा २६ मिलियन पाउण्ड पाउने छन्।
यसअघि उनी बार्सिलाेना नै फर्किने हल्ला चलेकाे थियाे। बार्सिलोनाका नवनिर्वाचित अध्यक्ष जोन लापोर्टाले उनलाई फर्काउने हनुमान गरिएकाे थियाे। तर, त्याे अनुमान पुरा हुन सकेन।
उनले अघिल्लो सिजन बार्सिलोना फर्कने निकै मेहनत गरेका थिए। उनी करिब ५ वर्ष अघि मात्र १ सय ९८ मिलियन पाउण्डमा बार्सिलोनाबाट पीएसजी गएका थिए।
उनी अहिलेसम्म युरोपेली क्लब फुटबलका सर्वाधिक महङ्गा फुटबलर हुन्।
उनले सन् २०१९ मा पीएसजी छाड्ने घोषणा गरेका थिए। बार्सिलोनाका कप्तान लिओनल मेसीसँग पुनः सँगै खेल्ने इच्छा व्यक्त गरेका थिए। यता, नेयमार पारिश्रमिक कटौंती गरेपनि बार्सिलोनाका लागि तयार हुन सक्ने समाचार पनि यसअघि सार्वजनिक भएको थियो।
यद्यपि, उनले पछि पीएसजीलाई च्याम्पियन्स लिग नजिताइ क्बल नछाड्ने घाेषणा गरेका थिए।
पीएसजीसँगको सम्झौतामा च्याम्पियन्स लिग जितेमा थप बोनश समेत उल्लेख गरिएको छ।
यद्यपि, पीएसजी एक पटक फाइनलमा पुगेकाे थियाे। तर, जर्मन क्लब वार्यन म्युनिखसँग पराजित हुँदा उपविजेतामा सिमित भएकाे थियाे।
यस सिजन पनि पीएसजी च्याम्पियन्स लिगकाे सेमिफाइनलमा म्यान्चेष्टर सिटीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।