काठमाडाैं- इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएकाे खेलमा टोटनह्याम लिड्स युनाइटेडसँग पराजित भएको छ।
लिड्सले घरेलु मैदान एलान्ड रोडमा भएकाे खेलमा टोटनह्यामलाई ३-१ गोलले पराजित गरेको हो।
पराजित टोटनह्यामको यस सिजनमा शीर्ष चारमा पर्ने लक्ष्यमा धक्का लागेको छ। टोटनह्याम ५६ अंकसहित अंक तालिकाकाे छैठाैं स्थानमा छ।
उसले अब लिगमा तीन खेल खेल्न बाँकी छ।
लिड्सको जितमा स्टुअर्ट डलास, प्याट्रिक बामफोर्ड र रोड्रीगोले एक/एक गोल गरेका थिए। यता, टोटनह्यामका सन ह्युङ–मिनले एक गोल फर्काए पनि जितका लागि प्रयाप्त बनेन।
खेलकाे १३औं मिनेटमै डलासले लिड्सलाई अग्रता दिलाएका थिए। तर, त्याे अग्रता धेरै बेर कायम रहेन। २५औं मिनेटमा सनले गाेल गर्दै खेल बराबरीमा ल्याए।
त्यसपछि सम्हालिन नसकेकाे टोटनह्यामले थप दुई गाेल खायाे। ४३औं मिनेटमा बामफोर्डले गाेेल गर्दै लिड्सलाई पुन: अग्रता दिलाए।
खेल सकिँन ६ मिनेट बाँकी छँदा टोटनह्यामले थप एक गाेल खायाे। लिड्का लागि राेड्रीगाेले गाेल गर्दै ३-१ ले टाेलीलाई जित दिलाए।
लिड्स ३५ खेलमा ५० अंक जाेड्दै नवौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।