• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जसपा तटस्थ बस्न मिल्छ? सर्वोच्चको फैसला भन्छ- जनताको प्रतिनिधि तटस्थ बस्न मिल्दैन

64x64
दुर्गा दुलाल आइतबार, वैशाख २६, २०७८  ०८:३१
1140x725

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गतेका लागि प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान गरेकी छन्। बर्खे अधिवेशन बोलाउने समय र कोरोनाको महामारीको समयमा प्रधानमन्त्रीले विश्वासको मत लिन विशेष अधिवेशन बस्न लागेको हो।

अधिवेशन सुरु हुन दुई दिन बाँकी छ। सोमबार बस्ने प्रतिनिधि सभाको बैठकका रणनीति तय गर्न दलहरु तीव्र छलफलमा छन्। प्रधानमन्त्री केपी शर्मा ओली पनि विश्वासको मत जुटाउने कसरतमा छन्। त्यस्तै, विपक्षी दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्र भने उनलाई विश्वासको मत पुर्‍याउन नदिने प्रयासमा छन्।

प्रधानमन्त्री ओली विश्वासको मत माग्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ समेत पुगिसकेका छन्। नेकपा एमालेभित्र जारी विवाद मिलाउन पनि दोस्रो तहका नेताहरु सक्रिय भएका छन्। पार्टीभित्रै एकमत नभएको र प्रतिपक्ष कांग्रेसले मत दिन नसक्ने भनेको अवस्थामा एमालेका दोस्रो तहका नेताहरु सक्रिय भएका छन्।

एमालेभित्र दुवै पक्षबीच सहमति बनेको स्थितिमा पनि जनता समाजवादी पार्टी निर्णायक हुन्छ। तर जसपाभित्र पनि दुई पक्ष देखिएका छन्। त्यहाँभित्र बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीको विपक्षमा उभिनुपर्ने बताउँदै आइरहेका छन्। अर्कोतिर, महन्थ ठाकुर र राजेन्द्र महतो ओलीतिरै निकट छन्। तर पछिल्ला दिनमा जसपाभित्र तटस्थ बस्नुपर्ने विषयमा छलफल भइरहेको छ। यस्तो रणनीतिले ओली सरकार पनि ढल्ने र पार्टी पनि नफुट्ने तर्क गरिएको छ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा जसपा तटस्थ बस्न मिल्छ वा मिल्दैन? यसमा भने विवाद देखिन्छ।

पुरानो नजिर
सरकार बनाउने थलो प्रतिनिधि सभा भएको र त्यहाँका सांसदहरु सरकार निर्माणको प्रक्रियामा कुनै पनि पक्षमा नलाग्ने अधिकार संवैधानिक रुपमा हुन्छ कि हुदैन भन्ने बहस पनि सिर्जना भएको देखिन्छ। प्रतिनिधि सभाको नियमावलीले पनि यस सम्बन्धी कुनै स्पष्ट व्यवस्था गरेको छैन। पहिलो संविधान सभाको समयमा संसद् नियमावलीमा यस्तो व्यवस्था राखिएको थियो। तर, सर्वोच्च अदालतले तटस्थ बस्न नमिल्ने फैसला गरेपछि त्यसपछि तटस्थ बस्ने व्यवस्था नै हटाइएको थियो।

सर्वोच्चको २०६७ सालको फैसला र अहिलेको नियमावलीमा स्पष्ट व्यवस्था नभएको पृष्ठभूमिमा जसपाले तटस्थ बस्न नपाउने जानकारहरुको भनाइ छ। जनताको मतबाट निर्वाचित भएर आएका जनप्रतिनिधिले संसदमा उपस्थित भएपछि कसैलाई पनि मत दिन्न भनेर तटस्थ बस्न नपाउने फैसला २०६७ सालमा सर्वोच्च अदालतले गरेको थियो।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएपछि २०६७ साउन ५ गतेदेखि नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन प्रारम्भ भएको थियो। सुरुवातमा एमाओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट झलनाथ खनाल प्रतिस्पर्धामा उत्रिएका थिए। खनाल सुरुमै बाहिरिए। त्यसपछि प्रचण्ड र पौडेलबीच प्रतिस्पर्धा जारी रह्यो। एमाले लगायतका दलहरु तटस्थ बसेपछि कोही पनि प्रधानमन्त्रीमा निर्वाचित हुन सकेनन्। तर, प्रधानमन्त्री निर्वाचनका लागि अर्थहीन श्रृंखला चलिरह्यो। सातौं चरणको निर्वाचनपछि २०६७ असोजमा प्रचण्डको उम्मेदवारी पनि फिर्ता भयो। त्यसपछि पनि पौडेलका लागि मात्रै निर्वाचन भइरह्यो। तर, उनले बहुमत ल्याउन सकेनन्। पौडेलले उम्मेदवारी फिर्ता लिन नमान्ने र बहुमत पनि पुर्‍याउन नसक्ने भएपछि देश अन्योलमा फस्यो। यो क्रम १६औं पटकसम्म चल्यो।

Ncell 2
Ncell 2
nimb
nimb

अधिवक्ता चन्द्रकान्त ज्ञवाली लगायतले २०६७ असोज १६ गते सर्वोच्चमा दायर गरेको  रिटमा २०६७ पुस २ गते भएको फैसलाले सो अन्योल अन्त्य गरिदियो।  त्यसपछि २०६७ माघमा नयाँ प्रक्रिया सुरु भयो। सुरुवातमा प्रचण्ड, पौडेल, खनाल र विजयकुमार गच्छदार निर्वाचनमा प्रतिस्पर्धमा उत्रिए। तर, प्रचण्डले उम्मेदवारी फिर्ता लिएर खनाललाई सघाए। यसरी २०६७ माघ २० गते खनाल प्रधानमन्त्री नियुक्त भए।

के थियो फैसला?
त्यतिबेला सो विवाद सुनुवाइ गर्ने मुद्दाको नेतृत्व पूर्वन्यायाधीश बलराम केसीले गरेका थिए। केसीसहित न्यायाधीशहरु सुशीला कार्की र भरतराज उप्रेतीको विशेष इजलाशले फैसला सुनाएको थियो।

'संविधानसभा नियमावलीको धारा ४१ र ४२ मा भएका हुन्छ/हुन्न, मत दिन्न र तटस्थ भन्ने शब्दावली संविधानसँग बाझिएकाले आजैका मितिदेखि अमान्य र बदर घोषित हुने', न्यायाधीशत्रयको फैसलामा भनिएको थियो।

‘तत्कालीन समयमा सरकार नै बन्न सकेन अनि यो विवाद सर्वोच्चमा आएको थियो। संयुक्त इजलाशले सुरुमा राजनीतिक दलहरुका बीचमै सहमति गर्नु भनी आदेश भएको थियो’, केसीले नेपाल लाइभसँग भने, ‘पछि म सहितको तीन जनाको इजलाशमा पेशी परेपछि  व्यवस्थापिका संसदको सदस्य भएपछि भोट नहाली बस्न मिल्दैन। अन्तर्राष्ट्रिय मञ्चमा कहीँ उपस्थित हुने तर भोट नहाल्ने गर्न पाइन्छ तर आ-आफ्नो निर्वाचन क्षेत्रले प्रतिनिधित्व गर्नु भनेर पठाएपछि लुक्न पाइँदैन भनी फैसला भयो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हुन्छ वा हुँदैन भन्नेमा एकातिर खुल्नुपर्ने भनी फैसलामा लेखिएको केसीले बताए। तत्कालीन समयको तटस्थ बस्न पाइने व्यवस्था नै खारेज गरिदिएको उनले सम्झना गरे। ‘संविधानसभा नियमावलीमा यो कुरा थियो। हामीले व्यवस्थापिका संसदतिरको मात्र बदर गरेका थियौँ’, उनले भने, ‘संविधानसभातिरको कायम राखेका थियौँ। संविधानसभाले संविधान बनाउने भएकाले त्यताको कायम राखेका थियौ।’

सर्वोच्चको फैसलापछि दलहरुले नियमावलीको सो व्यवस्था परिवर्तन गरेका थिए।

‘अहिलेको नियमावलीमा यो व्यवस्था गरिएको छैन। त्यसैले जसपा वा अन्य कुनै दलले तटस्थ बस्न मिल्दैन’, केसीले भने ‘जनताको प्रतिनिधि भएकाले कुनै पक्षमा खुल्न पर्छ।’

तत्कालीन मुद्दाका निवेदक वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले अहिले जसपा वा अन्य कुनै दल तटस्थ बस्न नमिल्ने बताए। सर्वोच्चले यसरी मत नदिनु भनेको जनताको प्रतिनिधित्व नगर्ने रुपमा व्याख्या गरेकाले मन नभए पनि मत दिनुपर्ने कानुनी बाध्यता भएको ज्ञवालीले बताए। ‘कुन पक्षमा लाग्ने, त्यो दलहरुको कुरा हो’, ज्ञवालीले भने, ‘तर कसैलाई पनि मत दिदैनौँ भनेर बस्न मिल्दैन।’
 

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  ०८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको उपलब्धिको विवरणमा सार्वजनिक प्रशासन, कर्मचारी अनुशासन, सार्वजनिक खरिद,... शुक्रबार, असोज ३०, २०८३
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित समावेशी समूहअन्तर्गत पनि चिकित्सक र इन्जिनियरहरूको उपस्थिति उल्लेख्य छ । आदिवासी जनजातितर्फ इन्जिनियर अनुप श्रेष्ठ तथा डा. प्रेमध्वज... शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा एमालेबाट मधेश प्रदेश सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार मुख्यमन्त्री यादवसमक्ष राजीनामा बुझाएका हुन्। एमालेका प्रमुख सचेतक हरिनार... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन शुक्रबार, असोज ३०, २०८३
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित शुक्रबार, असोज ३०, २०८३
बीपी र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०–३० सिट थप शुक्रबार, असोज ३०, २०८३
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना: चालकको मृत्यु, दुई जना घाइते शुक्रबार, असोज ३०, २०८३
खुर्कोटमा बस १० मिटर तल खस्यो, ९ जना घाइते शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्