काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) चेल्सीले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ।
यस सिजनको युइएफए च्याम्पियन्स लिगको फाइनल खेल्ने तरखरमा रहेकाे चेल्सीले आज राति सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा प्रतिस्पर्धा गर्न लागेकाे हाे।
खेल नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ। यी दुईबीचको खेललाई च्याम्पियन्स लिगको लागि तयारीको रुपमा हेरिएको छ।
शीर्षस्थानमा रहेकाे सिटी घरेलु मैदानमा चेल्सीलाई हराउँदै उपाधि यात्रालाई थप मजबुत बनाउने दाउमा छ।
शीर्षस्थानमा रहेको सिटीको ३४ खेलबाट ८० अंक छ। एक खेल कम खेलेर दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ६७ अंक छ। चेल्सी ३४ खेलमा ६१ अंक जोडेर चौंथो स्थानमा रहेको छ।
सिटीलाई हराउन सके चेल्सीले लेस्टर सिटीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लनेछ।
यी दुई टोलीको पछिल्लो ३० खेलको नतिजामा सिटी १६ खेलमा विजयी भएको छ। चेल्सीले १० खेल जितेकाे छ भने ४ खेल बराबरीमा सकिएको छ।
सिटीकाे टाेली
फिल फोडेन, फर्नाडिन्हो, बर्नाडो सिल्भा, केल वाल्कर, ओलेक्सान्डर जिन्चेन्को र सर्जियो अगुइरो, रियाद महारेज, रहिम स्टर्लिङ, गाब्रियल जेसस, इल्केए गुन्डोगान, रोड्री, केभिन डि ब्रुयन, बेन्जामिन मेन्डी, एमेरि लोपोर्टा, रुवेन डियास, जोओ क्यान्सिलो र इडर्सन मोराएस (गोलरक्षक) रहेका छन्।
चेल्सी टोली
रिस जेम्स, हाकिम जियाच, ओलिभर जिरुउड, मार्काेस अलन्सो, ट्याम्मी अब्राहम र कलुम हड्सन ओडोइ, मासन ग्रीनवुड, काई हाभर्टज, टिमो वेर्नर, क्रिस्टियन पुलिसिस, बेन चिलवेल, जर्गिन्हो, एङ्गोलो कान्टे, सिसर एज्पिलिक्वेटा, एन्टोनियो रुडिगर, थियागो सिल्भा, आन्द्रे क्रिस्टेन्सेन र गोलरक्षक इडुआर्ड मेन्डी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।