महेन्द्रनगर– लागू औषध खैरो हेरोइनसहित कञ्चनपुर प्रहरीले २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रबाट प्रहरीले २ जनालाई पक्राउ गरेको हो।
बेलौरी नगरपालिका–१० भुडास्थित ३३ नम्बर सीमा स्तम्भ नजीक पैदल हिँड्दै गरेका दुई भारतीय नागरिकलाई प्रहरीले शनिबार लागू औषध खैरो हेरोइनसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश टाटरगन्ज तहसिल पुरनपुर थाना हजाराका २५ वर्षीय राजु भनिने राजेन्द्र सिंह र राजिस्थानका १६ वर्षीय कृष्ण सिंह रहेका छन्।
दुवै जनाको साथबाट प्रहरीले १२ ग्राम ६३० मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।