काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा लेस्टर सिटी पराजित भएको छ। न्युक्यासल युनाइटेडले लेस्टरलाई उसकै मैदानमा ४–२ गोल अन्तरले पराजित गरेको हो।
न्युक्यासललाई जिताउन सेलुम विल्सनले दुई तथा जोसेफ विलक र पउल डुमेटले एक/एक गोल गरे। न्युक्यासलले खेलको २२ मिनेटमै विलकको गोलमा अग्रता बनाएको थियो। खेलको ३४औं मिनेटमा डुमेटले गोल गर्दै खेल २–० को स्थितिमा पुर्याए।
विल्सनले ६४ र ७३ औं मिनेटमा गोल गर्दै खेल ४–०को स्थितिमा पुर्याएपछि खेलको अन्त्यतिर लेस्टरले दुई गोल फर्कायो तर हार जोगाउन सकेन।
लेस्टरका लागि मार्क अलब्राइटन र केलेची इहिनाचोले गोल गरे पनि जितका लागि पर्याप्त बनेन। हारपछि पनि लेस्टर ३५ खेलबाट ६३ अंकसहित लिगको तेस्रो स्थानमै कायम छ ।
जित निकालेको न्युक्यासल भने समान खेलबाट ३९ अंकसहित लिगको १३ औँ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।