काठमाडौं– नेपालमा चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेले २४ लाख ९५ हजार मूल्यको टाटा टिगोर कार पाएका छन्।
नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले उनलाई एक कार्यक्रमबीच बुधबार कारको साँचो हस्तान्तरण गर्यो। लामिछानेलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गर्दै कम्पनीले कार दिएको हो।
सन्दीपले टाटा गाडीका लागि ३ वर्षसम्म ब्रान्ड एम्बेसडरका रुपमा काम गर्नेछन्।

कम्पनीका सिइओ राजनबाबु श्रेष्ठले सन्दीपलाई साँचो हस्तान्तरण गरेका हुन्। लामिछानेसँग सहकार्य गर्न पाउँदा आफूहरुलाई खुसी लागेको उनले बताए।

कार पाएपछि खुसी हुँदै सन्दीपले आफू १७ वर्ष मात्र भएकाले लाइसेन्स नभएको बताए। लाइन्सेन्स नभए पनि चालक राखेर आफू कार चढ्ने उनको भनाइ छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।