काठमाडौं–इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड यूरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा रोमासँग ३–२ गोल अन्तरले पराजित भएपनि समग्रमा ८–५ को जित निकाल्दै युनाइटेड फाइनल पुगेको हो।
इटालियन क्लब रोमाको मैदानमा भएको खेलमा पराजित भए पनि पहिलो लेगेको ६–२ गोलको जितको कारण युनाइटडले फाइनल यात्रा तय गरेको हो।
दोस्रो लेगमा रोमाका इडेन डेजेकाे र ब्रायन क्रिस्टान्टेले एक एक गोल गरे ।
युनाइटेडका एडिन्सन काभानीले दुई गोल फर्काए पनि एलेक्स टेलासले एक आत्मघाती गोल गरेका थिए।
जितसँगै युनाइटेडले फाइनलमा स्पेनिस क्लब भिल्ला रियलसँग खेल्नेछ।
भिल्ला रियलले समग्रमा आर्सनललाई २–१ ले हराएर फाइनलमा स्थान पक्का गरेको हो।
यूरोपा लिग अन्तिम उपाधि सन् २०१७ मेमा जोस मोउरिन्होको नेतृत्वमा युनाइटेडले जितेको थियो। युनाइटेडले फाइनलमा आयाक्सलाई २–० ले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।