काठमाडौं- काठमाडौं रेजर्स नेपाल सुपर लिग (एनएसएल)काे प्ले अफमा पुगेकाे छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विराटनगर सिटी एफसीमाथि ५-४ को सानदार पूनरागमन जित निकाल्दै काठमाडौं प्ले अफमा पुगेकाे हाे।
काठमाडौंका लागि क्यामरुनी फरवार्ड मेसौके ओलुमोउको ह्याट्रिक गरे। यस्तै, स्टेफन विनोङ समिर र छिरिङ गुरुङले एक/एक गाेल गरे। विराटनगरका पेड्रो मान्जीले दुई तथा एडेलाजा सोमेडे, र कप्तान रन्जित धिमालले समान एक गोल गरे।
खेलको छैटौं मिनेटमा नाइजेरियन खेलाडी सोमेडेको गोल गर्दै विराटनगरलाई अग्रता दिलाए। ३३औं मिनेटमा मान्जीले गोल गर्दै विराटनगरको अग्रता दोब्बर पारे। सन्तोष तामाङको पासमा मान्जीले अफसाइड बिट ट्याप गर्दै गोलरक्षक विकेश कुथ अघि बढेको अवस्थामा गोल गरे।
३५औं मिनेटमा मेसौके ओलोउमोउले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए। ३६औं मिनेटमा ओलोउमोउले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए।
४१औं मिनेटमा स्टेफेनले गोल गर्दै काठमाडौंलाई ३-२ को अग्रता दिलाए। ६८औं मिनेटमा मैसोकेको ह्याट्रिक गर्दै काठमाडौंलाई ४-२ ले अघि बढाए। लिगमा यो पहिलो ह्याट्रिक हो।
७९औं मिनेटमा कप्तान रन्जित धिमालले गोल गर्दै विराटनगरलाई ४-३ को अवस्थामा ल्याए। ८३औं मिनेटमा छिरिङ गुरुङले गोल गर्दै काठमाडौंको जिततर्फ डो¥याए।
इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा मान्जीले गोल गर्दै खेललाई ५-४ को अवस्थामा ल्याएपनि काठमाडौं विजयी हुन सफल भयो।
काठमाडौं रेजर्सका विश्वास श्रेष्ठ इमर्जिङ खेलाडी घोषित भए। उनले १० हजार रुपैयाँ हात पारे। काठमाडौंकै मेसौके ओलोमेउ प्लेयर अफ दि म्याच घोषित भए। उनले २५ हजार रुपैयाँ हात पारे।
जितसँगै काठमाडौंको प्ले अफ पुग्ने दोस्रो टोली बनेको छ। यसअघि धनगढीलेले सम्भावना बलियो बनेको छ।
काठमाडौं ५ खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। पराजित विराटनगर ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। उसकाे प्ले अफ सम्भावना जीवित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।