काठमाडाैं- वरिष्ठ गायक प्रेमध्वज प्रधानको पार्थिव शरीरको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ।
सिमित ब्यक्तिको उपस्थितिमा बिहिबार गायक प्रधानको अन्त्येष्टी गरिएको हो।
प्रधानको अन्त्येष्टिका लागि उनका आफन्तसहित शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पशुपति आर्यघाट पुगेका थिए।
आर्यघाटमा प्रधानको पार्थिव शरीरमा सरकारको तर्फबाट मानन्धरले राष्ट्रिय झण्डा ओडाएका थिए।
यस्तै, संगीतकार शम्भुजीत बासकोटा, टीका भण्डारी, पारस मुकारूङलगायतले पुष्प गुच्छाले अन्तिम श्रद्धाञ्जली दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।