काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्।
बिहीबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न गएका नेपाल त्यहाँबाट राष्ट्रपतिलाई भेट्न पुगेका हुन्।
बुढानीलकण्ठस्थित देउवा निवासमा करिब एक घण्टा छलफल गरेर उनी राष्ट्रपतिलाई भेट्न पुगेको नेता नेपालनिकट स्रोतले नेपाल लाइभलाई बतायो।
बिहीबार नै प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए। बिहीबार दिउँसो पार्टी स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।