काठमाडाैं- युइएफए यूरोपा लिगअन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा आज (बिहीबार) इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले इटालियन क्लब एएस रोमासँग प्रतिस्पर्धा गर्दैछ।
रोमाको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार राति १२ः४५ बाट शुरु हुनेछ। युनाइटेडको घरेलु मैदानमा भएको पहिलो लेगमा रोमाले ६-२ ले पराजित भएको थियो।
पहिलो लेगमा पराजित भएको रोमाले आफ्नो मुख्य प्रशिक्षक पाउलो फोनस्कालाई बर्खास्त छ। रोमाले उनकाे स्थानमा जोसे मोउरिन्होलाई नियुक्त गरिसकेको छ। मोरिन्हो युनाइटेडका पूर्वप्रशिक्षक हुन्।
इंग्लिस क्लब टोटेनहमले खराब प्रदर्शन गरेसँगै उनलाई टोटेनहमले केही महिना अगाडि बर्खास्त गरेको थियो। यो सिजनको अन्त्य उपाधिका साथ गर्ने मोउरिन्होसामु मौका छ। तर, ६-२ गोलको अन्तरमा जित निकाल्नुपर्ने चुनौती छ।
युनाइटेडकाे सुधारको संकेत
युनाइटेडले अघिल्लाे वर्ष कुनै उपाधि जित्न सकेकाे थिए। तर, याे वर्ष उपाधिकाे दाेस्राे खुड्किलाेमा रहेकाे छ। त्यसैले यसलाई सदुपयाेग गर्नुपर्ने बताउँछन् मिडफिल्डर ब्रुनाे फर्नाडिस।
'हाम्रो लागि यो सुधारको संकेत हो। अघिल्लो सिजन हामीले कुनै उपाधि जित्न सकेनाैं,' उनले भने।
उनले यस अगाडिकाे जित अप्रयाप्त रहेकाे समेत बताए।
'यो अझै हाम्रो लागि पर्याप्त छैन यो क्लब र खेलाडीहरूबाट उठेको कुरा हो। याे एउटा संकेत हाे, जुन हामी थोरै मेहनत गर्दैछाैं। हामी अवश्य खेल सुधार गर्नेछौं,' उनले भने।
यूरोपा लिग अन्तिम उपाधि सन् २०१७ मेमा जोस मोउरिन्होको नेतृत्वमा युनाइटेडले जितेकाे थियाे। युनाइटेडले फाइनलमा अजेक्सलाई २-० ले हराएकाे थियाे।
फर्नाडिस र एडिन्सन काभानी दुवैले पहिलो लेगमा दुई/ दुई गोल गरेका थिए। यस्तै, मिडफिल्डर पाउल पोग्बा र मेसन ग्रीनवुडले पनि एक/ एक गोल थपेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।