काठमाडौं– गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ।
छातीमा समस्या देखिएपछि सुन्धारास्थित न्युरो अस्पतालमा उपचाररत ८३ वर्षीय प्रधानको बिहीबार बिहान निधन भएको परिवार स्रोतले जनाएको छ।
प्रधानका ‘घुम्तीमा नआउ है...’, ‘पर लैजाऊ फूलहरू...’, ‘बाँधिए माया...’ लगायतका गीतहरु चर्चित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।