किमाथांका–अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा संखुवासभा अदालतले एक युवकलाई आठ वर्ष कैद सजाय तोकेको छ।
अदालतले भोटखोला गाउँपालिका–४ का २५ वर्षीय लेवा भोटेलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको हो।
जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको वैशाख २२ गतेको इजलासले भोटेलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार डिल्ली प्रसाईँले जानकारी दिए।
अदालतले कैद सजायसँगै २ लाख जरिवाना र २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश र रु एक हजार ३ सयरुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश भएको अदालतका श्रेस्तेदार प्रसाईँले बताए।
पीडित महिलालाई बलात्कार गरेको आरोपमा गत माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।