काठमाडाैं- इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेकाे छ।
बिहीबार घरेलु मैदान स्टामफोर्ड ब्रिजमा पाहुना टाेली स्पेनिस क्लब रियल मड्रिडलाई २-० गाेल अन्तरले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेकाे हाे।
चेल्सीले पहिलाे लेगमा मड्रिडलाई उसैकाे मैदानमा १-१ गाेलकाे बराबरीमा राेकेकाे थियाे।
दाेस्राे लेगमा चेल्सीका लागि टिमो वेर्नर र मेसन माउन्ट नायक बने।
खेलकाे २८औं मिनेटमा वेर्नरले चेल्सीलाई अग्रता दिलाएका थिए। एङ्गोलो कान्टेले दिएकाे बललाई डिबक्सबाट काइ हाभर्टजले प्रहार गरेका थिए। यद्यपि, उक्त बल माथिल्लाे बारमा लाग्दै फर्किएकाे थियाे।
साेही बललाई अनमार्कमा रहेका वेर्नरले हेड गर्दै जाली चुमाए।
पहिलाे हाफ उनकै गाेलमार्फत् चेल्सीले अग्रता लिएपनि उनी धेरैबेर मैदान बस्न पाएनन्। वार्नर खेलकाे ७८ औं मिनेटमा बाहिरिएका थिए। उनकाे स्थानमा क्रिस्टियन पुलिसिस मैदान छिरे।
८५औं मिनेटमा चेल्सी भाग्यमानी ठहरियाे। उसका फरवार्ड पुलिसिसले दिएकाे पासमा माउन्टले गाेल गर्दै खेल २-० मा पुर्याए।
त्यसपछि रियल फर्किन नसक्दा चेल्सीले समग्रमा खेल ३-१ ले जित्दै फाइनमा स्थान पक्का गरेकाे हाे।
चेल्सीले अब प्रिमियल लिगकै म्यान्चेस्टर सिटीसँग उपाधिकाे लागि खेल्ने छ।
यी दुईकाे फाइनल खेल २९ मेमा टर्कीको इस्तानवुलमा हुनेछ।
सिटीले साविकको उपविजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई समग्रमा ४-१ ले पराजित गर्दै ५१ वर्षपछि पहिलोपटक युरोपको फाइनलमा स्थान बनाएको छ।
चेल्सी ९ वर्षपछि पहिलोपटक फाइनलमा
चेल्सी ९ वर्षपछि पहिलाेपल्ट च्याम्पियन्स लिगकाे फाइनलमा पुगेकाे छ। सन् २००८ मा म्यान्चेष्टर युनाईटेडसँग पेनाल्टी सुटआउटमा चेल्सीले उपाधि भिडन्त गुमाएको थियो।
यद्यपि, २०११-१२ मा चेल्सीले जर्मन क्लब बायर्न म्युनिखलाई हराएको थियो। त्यसपछि चेल्सीले २०१३-१४ को सिजनमा सेमिफाइनलको यात्रा तय गरेकाे थियाे।
तर, त्यसपछि प्रि-क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन।
फ्राङ्क लाम्पार्ड बर्खास्तमा परेपछि पीएसजीबाट गत सिजन च्याम्पियन्स लिगको फाइनलमा समेत टिमको नेतृत्व गरेका थोमस टुचेल चेल्सी सम्हाल्न आइपुगेका थिए।
याे उनकाे दाेस्राे उपलब्धि हाे। चेल्सीले मे १५ मा लेस्टर सिटीसँग एफ ए कपको फाइनल खेल्नेछ।
खेलकाे अधिकांश समय चेल्सी रियलविरुद्ध हाबि भएकाे थियाे। खेलमा ६८ प्रतिशत बल रियलले हाेल्ड गरेपनि चेल्सीले आक्रमक खेल पस्किएकाे थियाे।
चेल्सीले खेल अवधिभर रियलकाे पाेस्टमा १५ पटक प्रहार गरेकाे थियाे। यद्यपि, ५ प्रहार मात्रै फ्रेममा रहेकाे थियाे।
यता, चेल्सी सामू निरह बनेकाे रियलले ७ पटक मात्रै आक्रमण गरेकाे थियाे। जबकी ५ आक्रमण मात्रै फ्रेममा रहेकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।