• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
वैशाख २७ को पर्खाइ : यी हुन् माधव नेपालपक्षका ३ रणनीति
64x64
डिबी खड्का बुधबार, वैशाख २२, २०७८  २३:२२
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने घोषणा गरेका छन्। उनको यो घोषणासँगै सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले २७ गतेसम्म लिने सम्भावित रणनीतिका विषयमा आन्तरिक छलफल थालेको छ।

नेपाल पक्षले आफूसँग रहेका सम्भावित तीन विकल्प तय गरेको छ।  ती तीन विकल्पमध्ये कुन रोज्दा उपयुक्त हुन्छ भन्ने विषयमा आन्तरिक बहस अघि बढाइएको हो। 

नेपाल समूहले देखेका विकल्पमध्ये पहिलो हो, वैशाख २७ गतेअघि नै प्रतिनिधि सभाका अधिकांश सदस्यले राजिनामा गरेर प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई अप्ठ्यारो पार्ने। त्यसो हुँदा ओलीको विकल्पमा नयाँ सरकार निर्माण गर्न सकिने। दोस्रो, २७ गते फ्लोर क्रस गरेर प्रधानमन्त्री ओलीले लिन लागेको विश्वासको मत फेल गराउने। यो पक्षको तेस्रो रणनीति हो, विश्वासको मत दिने तर आन्तरिक संघर्ष कायम राख्ने।

१. आन्तरिक संघर्षमा अधिकांशको अरुचि
एमाले वरिष्ठ नेता नेपालपक्षका केही नेताहरु आन्तरिक संघर्ष नै कायम राख्नुपर्ने बताइरहेका छन्। प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनुपर्ने उनीहरुको धारणा छ। नेता सुरेन्द्र पाण्डे पनि यही धारमा देखिन्छन्। उनी पार्टीभित्रको अन्तरविरोध र संघर्ष जारी नै राखेर प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनुपर्ने बताइरहेका छन्। बुधबार कोरोना परीक्षणका लागि स्वाव दिन संसद भवन पुगेका उनको भनाइ थियो,  ‘प्रधानमन्त्रीले विश्वासको मत लिने भन्नुभएको छ। हामी विश्वासको मत दिन्छौँ।’

आफूले पार्टीलाई बलियो बनाउन राखेका पूर्वशर्तमा भने कुनै सौदाबाजी नहुने उनको भनाइ थियो। तर, नेपाल पक्षको यो ‘अन्तिम बटमलाइन’ होइन। पहिल्यै रणनीति सार्वजनिक गरेर काउन्टर रणनीति बनाउने मौका नदिन शीर्ष तहको नेतृत्वले यस्तो सन्देश प्रवाह गरिरहेको पनि बुझ्न सकिन्छ। तर, नेपाल पक्षका अन्य सांसदहरुले ओलीलाई सबक सिकाउने ‘मौका’का रुपमा यसलाई प्रयोग गर्न नेतृत्व तहलाई सुझाइरहेका छन्। 

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भएको सहमतिको अन्तिम प्रयाससमेत असफल भइसकेको छ। त्यसैले ‘एकता’ सम्भावना पनि झिनो भएका कारण आन्तरिक संघर्ष जारी राख्ने विषयमा धेरैको अरुचि छ। प्रधानमन्त्री तथा अध्यक्ष ओलीले नेपालसँग भएको संवादमा ‘सामूहिक सौदाबाजी’ नगर्ने स्पष्ट पारेका छन्। त्यसैले पनि नेपाल समूहले गर्ने आन्तरिक संघर्षको ‘अर्थ’ देखिदैन। 

नेपालपक्षीय प्रतिनिध सभा सदस्य रामकुमारी झाँक्री यस्तो गल्ती गर्न नहुने बताउँछिन्। उनी भन्छिन्, ‘हामीले ओलीलाई सत्तामा टिकाइरह्यौं र विश्वासको मत दियौं भने त्यो हामी विरुद्ध नै प्रयोग हुने हो।’

२. पहिल्यै राजीनामा तर गणित पक्का हुनुपर्ने
नेपाल पक्षको शीर्ष नेतृत्वले दोस्रो रणनीतिका रुपमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि नै राजीनामा गर्ने विषयलाई अघि सारेको छ। त्यसको हिसाबकिताब निकालेर संख्या तोक्नुपर्ने कुरामा छलफल चलेको छ। प्रधानमन्त्री ओलीको विकल्पमा नयाँ सरकार बनाउन चाहिने संख्याका सांसदहरुले राजिनामा गर्ने रणनीति हो यो। यसका लागि नेपाल पक्षमा लागेका धेरै सांसदहरुले सहमति जनाएका छन्। 

Ncell 2
Ncell 2

नेपाल पक्षका एक सांसद भन्छन्, ‘केपी ओलीलाई पदबाट हटाउन ‘आत्मदाह’ गर्न तयार भएर बसेका छौं। उनको सरकार नजोगिनेगरी जुन विकल्पमा जान पनि हामी तयार छौं।’ ओली सरकार जोगाउँदा कम्युनिष्ट आन्दोलन नजोगिने उनको बुझाइ छ। ओली विकल्पको सरकार बनाएर सच्चा कम्युनिष्टहरु एक ठाउँ आउने वातावरण तयार गर्न आफूहरु लाग्ने उनले बताए।

पहिल्यै राजीनामा गर्ने रणनीति तत्कालका लागि ओलीलाई असफल बनाउनका लागि जस्तो देखिएपनि इतिहासमा ‘बिद्रोह’का रुपमा अंकित हुने नेपालपक्षका ती सांसदको बुझाइ छ। ती सांसद भन्छन्, ‘कम्युनिष्ट आन्दोलन जोगाउन पदलोलुपता त्यागेको इतिहास बनाउन सकिने अवसर छ। त्यसैले यो बाटो सही हुन सक्छ।’ तर, त्यसको परिणाम ओलीले विश्वासको मत प्राप्त गर्न नसक्ने हुनुपर्ने उनको धारणा छ। 

फ्लोर क्रस गर्ने विषयमा सवैको ग्यारेन्टी लिन नसकिने बुझाइ धेरैले प्रस्तुत गरिरहेका छन्। अन्तिम समयमा ‘गडबड’ भइरहेका पूर्वघटनाका कारण पनि धेरैले राजीनामा दिएर ओली सरकार ढाल्ने रणनीतिको सफल कार्यान्वयनका लागि जोड दिइरहेका छन्। तर, यसमा पनि हिसाबकिताब मिलेको छैन। 

त्यही हिसाब मिलाउन बुधबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता भएको बुझिाएको छ। यादवले नयाँ गठबन्धन सरकार निर्माणका लागि आफ्नो पार्टीबाट २५ जनासम्म सांसद तयार पार्ने त्यो भेटवार्तामा बताएका छन्। भेटवार्तामा नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए। त्यहीँ वरपर रहेर राजीनामा र फ्लोर क्रसको रणनीति नेपाल पक्षले बनाउनुपर्नेछ।

भेटबारे बताउँदै वरिष्ठ नेता नेपाल स्रोतले नेपाल लाइभसँग भन्यो, ‘छलफल मुख्यतः २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले लिने भनेको विश्वासको मतलाई कसरी असफल पार्ने भन्नेमा केन्द्रित थियो। उपेन्द्रजीले हामी अधिकतम सांसद ल्याउन सक्छौं, जसपाबाट २५ जनासम्म सांसद नयाँ सरकार बनाउन तयार पार्छौं भन्ने आश्वासन दिनुभएको छ।’

३. फ्लोर क्रस अन्तिम अस्त्र
प्रधानमन्त्री ओलीलाई डुबाउने अन्तिम अस्त्रका रुपमा फ्लोर क्रसलाई प्रयोग गरिनेछ। त्यसका लागि सर्कुलर संसदमा बेल बजेपछि मात्रै हुने नेपाल पक्षका एक नेता बताउँछन्। उनका अनुसार यसलाई प्राथमिकतामा राखिएको छैन। नेपाल पक्षको बुझाइ छ, ओलीको अभिमानमाथि धक्का दिएर तत्कालका लागि आनन्द लिन सकिन्छ तर इतिहासमा आफ्नै पार्टीको सरकारविरुद्ध गएको अभिलेख रहन्छ। 

यो अवस्थामा नपुगेरै ओली सरकार ढाल्ने कोशिसमा नेपाल समूह हुनेछ। यो विकल्प चाहिँ नेपाल पक्षकै एक सांसद् रामकुमारी झाँक्रीको यो ट्वीट जस्तै हुनेछ, ‘हम तो डूबेंगे ही सनम, आपको भी ले डूबेंगे अर्थात्  हामी त डुब्छौं नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौं।’

प्रधानमन्त्री ओलीलाई लक्ष्य गरेर सांसद झाँक्रीले बुधबार यस्तो ट्वीट गरेकी थिइन्। उनले सत्यानाश हुनबाट र डुब्नबाट जोगिनु छ भने विचार गर्न, दम्भ, अहंकार र जिद्दी छोड्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिएकी छन्। 

नेपाल पक्षमा दिलोज्यानले लागेका धेरैले २७ गतेपछि राजनीति नयाँ शिराबाट थाल्नुपर्ने बुझेका छन्। परिस्थितिले एमालेमा आफ्नो राजनीति ‘क्यान्सरको चौथो स्टेज’ जस्तै भएको उनीहरुको अनुभूति छ। २७ गतेपछिको अवस्थालाई सम्झिएर भावुक हुँदै ती सांसदले भने, ‘एउटा क्यान्सर बिरामीको जस्तै हो हाम्रो राजनीति। अब ‘क्युरेटिभ मेथड’ले काम गर्दैन। केमो दिएपनि मर्ने हो, नदिएपनि मर्ने हो।’ २७ गतेको अवस्थालाई उनले ‘मर्नु नै छ भने भलो गरेर मर्ने’ रुपमा लिएका छन्। ओलीलाई सत्ताच्युत गर्नुलाई उनले राजनीतिक ‘भलो’का रुपमा उल्लेख गरे। 

ओलीसँग झिनो आशा
प्रधानमन्त्री ओलीले नेपाल पक्षसँग सम्झौता गर्ने सम्भावना कम छ। विश्वासको मत लिने निर्णयको पछाडि ‘नेपाल पक्षरहित’ एमालेको परिकल्पना पनि भएको बुझिएको छ। बालुवाटारनिकट एक नेता भन्छन्, ‘ओलीकालमा एमालेमा बहुध्रुव हुँदैन। एउटा ध्रुव हुन्छ, त्यो ओलीध्रुव हो। त्यसैले समयमै पार्टीलाई एक ध्रुवीय बनाउने रणनीति पनि हो विश्वासको मत।’

यसरी अघि बढेका ओलीसँग नेपाल पक्षका केही सांसदले सहमतिको हात बढाउने झिनो आशा राखेका छन्। आफ्ना केही पूर्वमान्यता र निर्णयबाट पछि हटेर पार्टीलाई एकीकृत बनाउन ओली लागिपर्लान् भन्ने विश्वास उनीहरुको आत्माको अन्तरमा छ। भन्छन्, ‘हामी एमाले नै हौं। फागुन २४ गते फेरि एमालेमै फर्किने निर्णय गर्नुको पछाडि एमालेमै रहने चाहना हो। त्यही भावना हो। त्यसलाई ओलीले ‘क्यास’ गर्नुपर्छ।’

नेपाल पक्षको ठूलो समूह भने पार्टीको नाम र चिह्न मात्रै राजनीति होइन भन्ने कुरामा आफूलाई ‘कन्भिन्स्ड’ गराउन थालेको छ। प्रधानमन्त्री ओलीका कारण एमालेको पूर्वछवि कायम नरहेकाले निस्किन समस्या नहुने निष्कर्षमा यो समूह पुगेको छ। 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  २३:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
देउवाले बोलाए पदाधिकारी बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बालेनकै योजनामा आफूसहित केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्छ भनेर दबाब अभियान चलाइ... बुधबार, असोज २२, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिन... मंगलबार, असोज २१, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
टी-२० विश्वकप छनोट: नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्