• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वैशाख २७ को पर्खाइ : यी हुन् माधव नेपालपक्षका ३ रणनीति

64x64
डिबी खड्का बुधबार, वैशाख २२, २०७८  २३:२२
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने घोषणा गरेका छन्। उनको यो घोषणासँगै सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले २७ गतेसम्म लिने सम्भावित रणनीतिका विषयमा आन्तरिक छलफल थालेको छ।

नेपाल पक्षले आफूसँग रहेका सम्भावित तीन विकल्प तय गरेको छ।  ती तीन विकल्पमध्ये कुन रोज्दा उपयुक्त हुन्छ भन्ने विषयमा आन्तरिक बहस अघि बढाइएको हो। 

नेपाल समूहले देखेका विकल्पमध्ये पहिलो हो, वैशाख २७ गतेअघि नै प्रतिनिधि सभाका अधिकांश सदस्यले राजिनामा गरेर प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई अप्ठ्यारो पार्ने। त्यसो हुँदा ओलीको विकल्पमा नयाँ सरकार निर्माण गर्न सकिने। दोस्रो, २७ गते फ्लोर क्रस गरेर प्रधानमन्त्री ओलीले लिन लागेको विश्वासको मत फेल गराउने। यो पक्षको तेस्रो रणनीति हो, विश्वासको मत दिने तर आन्तरिक संघर्ष कायम राख्ने।

१. आन्तरिक संघर्षमा अधिकांशको अरुचि
एमाले वरिष्ठ नेता नेपालपक्षका केही नेताहरु आन्तरिक संघर्ष नै कायम राख्नुपर्ने बताइरहेका छन्। प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनुपर्ने उनीहरुको धारणा छ। नेता सुरेन्द्र पाण्डे पनि यही धारमा देखिन्छन्। उनी पार्टीभित्रको अन्तरविरोध र संघर्ष जारी नै राखेर प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनुपर्ने बताइरहेका छन्। बुधबार कोरोना परीक्षणका लागि स्वाव दिन संसद भवन पुगेका उनको भनाइ थियो,  ‘प्रधानमन्त्रीले विश्वासको मत लिने भन्नुभएको छ। हामी विश्वासको मत दिन्छौँ।’

आफूले पार्टीलाई बलियो बनाउन राखेका पूर्वशर्तमा भने कुनै सौदाबाजी नहुने उनको भनाइ थियो। तर, नेपाल पक्षको यो ‘अन्तिम बटमलाइन’ होइन। पहिल्यै रणनीति सार्वजनिक गरेर काउन्टर रणनीति बनाउने मौका नदिन शीर्ष तहको नेतृत्वले यस्तो सन्देश प्रवाह गरिरहेको पनि बुझ्न सकिन्छ। तर, नेपाल पक्षका अन्य सांसदहरुले ओलीलाई सबक सिकाउने ‘मौका’का रुपमा यसलाई प्रयोग गर्न नेतृत्व तहलाई सुझाइरहेका छन्। 

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भएको सहमतिको अन्तिम प्रयाससमेत असफल भइसकेको छ। त्यसैले ‘एकता’ सम्भावना पनि झिनो भएका कारण आन्तरिक संघर्ष जारी राख्ने विषयमा धेरैको अरुचि छ। प्रधानमन्त्री तथा अध्यक्ष ओलीले नेपालसँग भएको संवादमा ‘सामूहिक सौदाबाजी’ नगर्ने स्पष्ट पारेका छन्। त्यसैले पनि नेपाल समूहले गर्ने आन्तरिक संघर्षको ‘अर्थ’ देखिदैन। 

नेपालपक्षीय प्रतिनिध सभा सदस्य रामकुमारी झाँक्री यस्तो गल्ती गर्न नहुने बताउँछिन्। उनी भन्छिन्, ‘हामीले ओलीलाई सत्तामा टिकाइरह्यौं र विश्वासको मत दियौं भने त्यो हामी विरुद्ध नै प्रयोग हुने हो।’

२. पहिल्यै राजीनामा तर गणित पक्का हुनुपर्ने
नेपाल पक्षको शीर्ष नेतृत्वले दोस्रो रणनीतिका रुपमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि नै राजीनामा गर्ने विषयलाई अघि सारेको छ। त्यसको हिसाबकिताब निकालेर संख्या तोक्नुपर्ने कुरामा छलफल चलेको छ। प्रधानमन्त्री ओलीको विकल्पमा नयाँ सरकार बनाउन चाहिने संख्याका सांसदहरुले राजिनामा गर्ने रणनीति हो यो। यसका लागि नेपाल पक्षमा लागेका धेरै सांसदहरुले सहमति जनाएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल पक्षका एक सांसद भन्छन्, ‘केपी ओलीलाई पदबाट हटाउन ‘आत्मदाह’ गर्न तयार भएर बसेका छौं। उनको सरकार नजोगिनेगरी जुन विकल्पमा जान पनि हामी तयार छौं।’ ओली सरकार जोगाउँदा कम्युनिष्ट आन्दोलन नजोगिने उनको बुझाइ छ। ओली विकल्पको सरकार बनाएर सच्चा कम्युनिष्टहरु एक ठाउँ आउने वातावरण तयार गर्न आफूहरु लाग्ने उनले बताए।

पहिल्यै राजीनामा गर्ने रणनीति तत्कालका लागि ओलीलाई असफल बनाउनका लागि जस्तो देखिएपनि इतिहासमा ‘बिद्रोह’का रुपमा अंकित हुने नेपालपक्षका ती सांसदको बुझाइ छ। ती सांसद भन्छन्, ‘कम्युनिष्ट आन्दोलन जोगाउन पदलोलुपता त्यागेको इतिहास बनाउन सकिने अवसर छ। त्यसैले यो बाटो सही हुन सक्छ।’ तर, त्यसको परिणाम ओलीले विश्वासको मत प्राप्त गर्न नसक्ने हुनुपर्ने उनको धारणा छ। 

फ्लोर क्रस गर्ने विषयमा सवैको ग्यारेन्टी लिन नसकिने बुझाइ धेरैले प्रस्तुत गरिरहेका छन्। अन्तिम समयमा ‘गडबड’ भइरहेका पूर्वघटनाका कारण पनि धेरैले राजीनामा दिएर ओली सरकार ढाल्ने रणनीतिको सफल कार्यान्वयनका लागि जोड दिइरहेका छन्। तर, यसमा पनि हिसाबकिताब मिलेको छैन। 

त्यही हिसाब मिलाउन बुधबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता भएको बुझिाएको छ। यादवले नयाँ गठबन्धन सरकार निर्माणका लागि आफ्नो पार्टीबाट २५ जनासम्म सांसद तयार पार्ने त्यो भेटवार्तामा बताएका छन्। भेटवार्तामा नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए। त्यहीँ वरपर रहेर राजीनामा र फ्लोर क्रसको रणनीति नेपाल पक्षले बनाउनुपर्नेछ।

भेटबारे बताउँदै वरिष्ठ नेता नेपाल स्रोतले नेपाल लाइभसँग भन्यो, ‘छलफल मुख्यतः २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले लिने भनेको विश्वासको मतलाई कसरी असफल पार्ने भन्नेमा केन्द्रित थियो। उपेन्द्रजीले हामी अधिकतम सांसद ल्याउन सक्छौं, जसपाबाट २५ जनासम्म सांसद नयाँ सरकार बनाउन तयार पार्छौं भन्ने आश्वासन दिनुभएको छ।’

३. फ्लोर क्रस अन्तिम अस्त्र
प्रधानमन्त्री ओलीलाई डुबाउने अन्तिम अस्त्रका रुपमा फ्लोर क्रसलाई प्रयोग गरिनेछ। त्यसका लागि सर्कुलर संसदमा बेल बजेपछि मात्रै हुने नेपाल पक्षका एक नेता बताउँछन्। उनका अनुसार यसलाई प्राथमिकतामा राखिएको छैन। नेपाल पक्षको बुझाइ छ, ओलीको अभिमानमाथि धक्का दिएर तत्कालका लागि आनन्द लिन सकिन्छ तर इतिहासमा आफ्नै पार्टीको सरकारविरुद्ध गएको अभिलेख रहन्छ। 

यो अवस्थामा नपुगेरै ओली सरकार ढाल्ने कोशिसमा नेपाल समूह हुनेछ। यो विकल्प चाहिँ नेपाल पक्षकै एक सांसद् रामकुमारी झाँक्रीको यो ट्वीट जस्तै हुनेछ, ‘हम तो डूबेंगे ही सनम, आपको भी ले डूबेंगे अर्थात्  हामी त डुब्छौं नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौं।’

प्रधानमन्त्री ओलीलाई लक्ष्य गरेर सांसद झाँक्रीले बुधबार यस्तो ट्वीट गरेकी थिइन्। उनले सत्यानाश हुनबाट र डुब्नबाट जोगिनु छ भने विचार गर्न, दम्भ, अहंकार र जिद्दी छोड्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिएकी छन्। 

नेपाल पक्षमा दिलोज्यानले लागेका धेरैले २७ गतेपछि राजनीति नयाँ शिराबाट थाल्नुपर्ने बुझेका छन्। परिस्थितिले एमालेमा आफ्नो राजनीति ‘क्यान्सरको चौथो स्टेज’ जस्तै भएको उनीहरुको अनुभूति छ। २७ गतेपछिको अवस्थालाई सम्झिएर भावुक हुँदै ती सांसदले भने, ‘एउटा क्यान्सर बिरामीको जस्तै हो हाम्रो राजनीति। अब ‘क्युरेटिभ मेथड’ले काम गर्दैन। केमो दिएपनि मर्ने हो, नदिएपनि मर्ने हो।’ २७ गतेको अवस्थालाई उनले ‘मर्नु नै छ भने भलो गरेर मर्ने’ रुपमा लिएका छन्। ओलीलाई सत्ताच्युत गर्नुलाई उनले राजनीतिक ‘भलो’का रुपमा उल्लेख गरे। 

ओलीसँग झिनो आशा
प्रधानमन्त्री ओलीले नेपाल पक्षसँग सम्झौता गर्ने सम्भावना कम छ। विश्वासको मत लिने निर्णयको पछाडि ‘नेपाल पक्षरहित’ एमालेको परिकल्पना पनि भएको बुझिएको छ। बालुवाटारनिकट एक नेता भन्छन्, ‘ओलीकालमा एमालेमा बहुध्रुव हुँदैन। एउटा ध्रुव हुन्छ, त्यो ओलीध्रुव हो। त्यसैले समयमै पार्टीलाई एक ध्रुवीय बनाउने रणनीति पनि हो विश्वासको मत।’

यसरी अघि बढेका ओलीसँग नेपाल पक्षका केही सांसदले सहमतिको हात बढाउने झिनो आशा राखेका छन्। आफ्ना केही पूर्वमान्यता र निर्णयबाट पछि हटेर पार्टीलाई एकीकृत बनाउन ओली लागिपर्लान् भन्ने विश्वास उनीहरुको आत्माको अन्तरमा छ। भन्छन्, ‘हामी एमाले नै हौं। फागुन २४ गते फेरि एमालेमै फर्किने निर्णय गर्नुको पछाडि एमालेमै रहने चाहना हो। त्यही भावना हो। त्यसलाई ओलीले ‘क्यास’ गर्नुपर्छ।’

नेपाल पक्षको ठूलो समूह भने पार्टीको नाम र चिह्न मात्रै राजनीति होइन भन्ने कुरामा आफूलाई ‘कन्भिन्स्ड’ गराउन थालेको छ। प्रधानमन्त्री ओलीका कारण एमालेको पूर्वछवि कायम नरहेकाले निस्किन समस्या नहुने निष्कर्षमा यो समूह पुगेको छ। 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  २३:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्