काठमाडाैं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने एक जनालाई गंगबु बसपार्कबाट पक्राउ गरेको छ।
छड्के अनुगमनको लागि परिचालन भएको सादा पोशाकको टोलीले गंगबु नयाँबसपार्कबाट स्याङ्जा चापकोट ७ घर भई मित्रनगर बस्ने मिलन सारुलाई पक्राउ गरिएकाे हाे।
महाशाखा प्रमुख एसएसपी जनक भट्टराईका अनुसार उनी बाग्लुङ्ग भगवती काउण्टरका कर्मचारी हुन्।
काठमाडाैंदेखि बाग्लुङ्गसम्म जाने नियमति भाडा नौ सय भएकोमा उनले तीन हजारदेखि चार हजारसम्म लिएको पाइएपछि नियन्त्रणमा लिएको उनले जानकारी दिए।
पक्राउ परेका सारुलाई आबश्यक कारबाहीको लागी महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।