काठमाडाैं- धनगढी एफसी नेपाल सुपर लिग (एनएसल) को प्लेअफमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पोखरा थण्डर्सलाई १-० ले पराजित गर्दै धनगढी प्लेअफमा पुगेको हाे।
धनगढीका लागि वैकल्पिक खेलाडी दर्शन गुरुङले गरेकाे गाेल नै निर्णायक भएकाे थियाे। मुख्य फरवार्ड ओलावाले ओलाडिपो आफिज चोटका कारण मैदान बाहिएपछि ३७औं मिनेटमा दर्शनले स्थान बनाएका थिए।
उनैले ६८औं मिनेटमा पाेखराका डिफेन्स मानबहादुर तामाङले क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिदै गाेल गरेका थिए। जितसँगै ५ खेलबाट १० अंक जोडेको धनगढी अंकतालिकामा शीर्ष स्थानमा पुगेको छ। धनगढीले अब लिगमा एक खेल खेल्न बाँकी छ ।
लिगमा शीर्ष दुईमा रहनसके धनगढीले प्लेअफमा फाइनल प्रवेशका लागि खेल्नेछ ।
यता पराजि पाेखरा ५ खेलबाट ५ अंक मात्र जोडेको पाँचौ स्थानमा छ। शीर्ष चारमा पर्न पोखराले अब आफ्नो अन्तिम खेल जित्नु पर्नेछ भने अन्य खेलको नतिजा समेत कुर्नुपर्नेछ ।
विजेता टिम धनगढीका अशोक खवास इमर्जिङ प्लेअर अफ दि म्याच बने । उनले नगद १० हजार प्राप्त गरे । यस्तै खेलको म्यान अफ दि म्याच बन्दै धनगढीका कप्तान किरण चेम्जोङले नगद २५ हजार प्राप्त गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।