काठमाडौं– काठमाडौंको सुन्धारास्थित होटेलमा लगेर १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीया शम्भु लामा रहेका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
हाल काठमाडौंको पुतलीसडक बस्ने लामाले १४ वर्षाीया बालिकलाई ललाइ फकाइ सुन्धारास्थित ढोरपाटन होटलमा लगेका प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार लामाले सुन्धाराको होटेलमा लगेर बालिकामाथि २ दिनसम्म बलात्कार गरेका थिए। पीडित बालिकाले आफूमाथि बलात्कार भएको भन्दै दिएको सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको प्रहरीले लामालाई पक्राउ गरेको हो।
पक्राउ परेका थापामाथि जबरस्ती करणीको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।