बुटवल– भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको झन्डै आधा किलो सुन तथा ८ किलो ३ सय ग्राम चाँदी जस्तो देखिने धातुसहित रुपन्देही प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
लुम्बिनी साँस्कृतिक नगरपालिका-११ मुगलाह जोगडास्थित सडकमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको ४ सय ४० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र ८ किलो ३ सय ग्राम चाँदी जस्तो देखिने धातु सहित गैडहवा गाउँपालिका-६ बस्ने ४२ वर्षीय कृष्ण कुमार सुनार समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
लु ३५ प ३०० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट अबैध रूपमा ल्याउँदै गरेको अवस्थामा उक्त धातु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।