काठमाडौं–झुटा विवरण पेश गरी भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउने काममा भूमिका खेलेको आरोप लागेका वडाध्यक्ष धरौटीमा रिहा भएका छन्।
नागरिकता बनाउने क्रममा भारतीयलाई नेपाली हो भनेर विवरण बनाइदिने बिर्तामोड नगरपालिका–८ का वडाध्यक्ष अजय कार्की धरौटीमा रिहा भएका हुन्।
जिल्ला अदालत झापाले उनीविरुद्ध ९ लाख धरौटी माग गरेपछि धरौटी तिरेर रिहा भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा डिएसपी राकेश थापाले बताए।
गैर नेपाली नागरिकहरुले नागरिकता प्राप्त गर्नका लागि पेश गरेका अनुसुची फारममा वडाध्यक्ष कार्कीले हस्ताक्षर गरी सिफारिस गरेका थिए।
यस विषयमा कार्कीविरुद्ध झापा प्रहरीमा जाहेरी परेसँगै उनी फरार भएका थिए । झापा प्रहरीले मंगलबार पक्राउ गरी उनलाई अदालत पेश गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।