काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा वेष्टह्याम विजयी भएको छ। बर्नलीलाई २–१ गोल अन्तरले पराजित गर्दै वेष्टह्याम विजयी भएको हो।
बर्नलीको मैदानमा एक गोलको अग्रता उल्टाएर वेस्ट ह्यामले जित निकालेको हो । खेलको १२औं मिनेटमा क्रिस उडले पेनाल्टीमा गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए।
तर, माइकल एन्टोनियो चम्किएपछि वेस्ट ह्यामले पुनरागमन जित दर्ता गरेको हो।खेलको २१ औं मिनेटमा एन्टोनियोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
त्यसपछि खेलको २९ औं मिनेटमा एन्टोनियोले व्यक्तिगत दोस्रो गोल गर्दै वेस्ट ह्यामलाई २–१ को जित दिलाए। जितसँगै पाँचौं स्थानको वेष्टह्यामको ३४ खेलबाट ५८ अंक भएको छ।
यस्तै, गएराति नै सम्पन्न अर्को खेलमा वेष्ट ब्रुम र वुल्भ्सले एक÷एक गोलको बराबरी खेलेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।