काठमाडाैं–माइक्राेसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र श्रीमती मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन्।
बिल गेट्सले टुइटरमार्फत यस्ताे जानकारी गराएका छन्। ‘हामीलाई लाग्छ अब हामीसँगै अघि बढ्न सक्दैनाैं,’ उनले लेखेका छन्। २७ वर्षकाे वैवाहिक सम्बन्ध अन्त्य गर्ने अवस्थामा पुगेकाे उनीहरुले सामाजिक सञ्जालमा जानकारी गराएका हुन्।
धेरै साेच विचार गरेर आफूहरुले वैवाहिक सम्बन्ध समाप्त गर्ने निर्णय गरेकाे गेट्सले लेखेका छन्।
मेलिन्डासँग बिल गेट्सको भेट् सन् १९८७ मा भएको थियोे। उनी बिलकै कम्पनीमा म्यानेजर थिइन्। त्यसको ७ वर्षपछि बिल र मेलिन्डाको बिबाह हवाईमा भएको थियोे।
फोर्ब्सको सूचीमा बिल गेट्स विश्वका धनी व्यक्तिको सूचिमा चौथो स्थानमा छन्। उनको सम्पत्ति १२४ बिलियन अमेरिकी डलर बराबर छ।
बिलको आम्दानीको स्रोत सन् १९७० को दशकमा स्थापना गरेको माइक्रोसफ्ट कम्पनी हो। जुन विश्वको ठूलो सफ्टवेयर कम्पनीका रुपमा चिनिन्छ।
उनीहरुका तीन सन्तान छन्। दुवैले मिलेर बिल एन्ड मिलिन्डा फाउन्डेसन चलाउँदै आएका छन्। उनीहरुले यसलाई भने निरन्तरता दिने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।