काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित हात पारेको छ।आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३–२ गोल अन्तरले पराजित गरेको हो।
भ्यालेन्सियाको मैदानमा भएको खेलमा सुरुवाती अग्रता उल्टाएर जित हात पार्ने क्रममा लियोनल मेस्सीले दुई गोल गरे भने एन्टोनियो ग्रिजम्यानले एक गोल थपे।
भ्यालेन्सियाका लागि गाब्रियल पौलिस्टा र कार्लोस सोलेरले एक एक गोल गरेका थिए। ५० औं मिनेटमा गाब्रियलको गोलबाट भ्यालेन्सियाले बनाएको अग्रताखेलको ५७ औं मिनेटमा मेस्सीले गोल गर्दै बराबरीमा ल्याए।
खेलको ६३औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए।
खेलको ६९ औं मिनेटमा मेस्सीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई ३–१ को स्थितिमा पुर्याएका थिए।
त्यसपछि खेलको ८३औं मिनेटमा घरेलु टोलीका कार्लोसले एक गोल फर्काए पनि बार्सिलोना ३–२ ले विजयी भयो।
यस जितसँगै बार्सिलोनाले ३४ खेलमा ७४ अंक जोडेको बार्सिलोना लिगको तेस्रो स्थानमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।