काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले न्युकासल युनाईटेडमाथि सहज जित निकालेको छ।आइतबार राति सम्पन्न खेलमा आर्सनलले न्युकासललाई २–० गोल अन्तरले पराजित गरेको हो।
न्युकासलकोे मैदानमा भएको खेल मोहमद इल्नेनी र पिएरे एम्रिक औबामियाङको गोलमा आर्सनलले जित निकालेको हो।
खेलको पाँचौ मिनेटमै मोहमदको गोलबाट आर्सनलले सुरुवाती अग्रता बनाएको थियो।खेलको ६६औं मिनेटमा औबामियाङले गोल गर्दै आर्सनललाई २–० को जित दिलाए।
जितसँगै ३४ खेलबाट ४९ अंक जोडेको आर्सनल नवौं स्थानमा रहेको छ भने ३६ अंकसहित न्युकासल १७औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।