काठमाडौं– इटालियन सिरी ‘ए’ फुटबल लिगको उपाधि इन्टर मिलानले जितेको छ।
इन्टरले ११ वर्ष सिरी ‘ए’ को उपाधि जितेको हो। इन्टरले पछिलो पटक सन् २०१० मा सिरी ‘ए’ को उपाधि जितेको थियो।
आइतबार दोस्रो स्थानको एट्लान्टा बराबरीमा रोकिएपछि इन्टरले उपाधि जितेको हो।१० खेलाडीमा समेटिएको एट्लान्टाले सासोउलोसँग १–१ गोलको बराबरी खेलेको थियो।
गोल्लिनीले सुरुवातमै रातो कार्ड पाएको खेलमा एट्लान्टाका लुइस मुरिएलको पेनाल्टी मिस भएको थियो।
एट्लान्टाका रोबिन गोसेन्सले गोल गरेका थिए भने सासोउलोका डोमिनिको बेरार्डीले बराबरी गोल फर्काएका थिए।
एट्लान्टाको बराबरीसँगै इन्टरले १३ अंकको स्पस्ट अग्रता बनाउदै उपाधि जितेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।