नयाँ दिल्ली (भारत)- अक्सफोर्ड–अस्ट्राजेनिकाको कोराेनाविरुद्धको खोपको उत्पादन गरिरहेको सेरम इन्स्टिच्यूट अफ इन्डियाले कोभिसिल्डको प्रति डोज मूल्यलाई समायोजन गरेकाे छ।
सेरमले भारतीय राज्यहरूका लागि कोभिसिल्डको प्रति डोज मूल्यलाई समायोजन गरेकाे हाे।
भारत सरकारले कोभिसिल्ड खोप विदेश निर्यात गर्न रोकेपछि सेरमले भारत सरकार समक्ष आर्थिक सहायता माग गरिरहेको थियाे। उसले सरकारलाई प्रति डाेज खाेप ४०० भारुमा बेच्दा पनि घाटा लागेकाे जनाउँदै आएकाे थियाे।
यद्यपि, त्यसकाे तीहप्ता पछि नै खाेपकाे मूल्य समायाेजन गरेर ३०० भारु बनाएको हाे।
यस्तै, सेरमका प्रमुख कार्यकारी अदार पुनावालाले खोप उत्पादनको कार्यमा कुनै व्यवधान नरहेको र यो पूर्ण क्षमतामा जारी रहेको बताए।
उनले ट्वीट गर्दै भनेका छन्, 'बेलायतमा हाम्रा सबै साझेदारसँग निकै राम्रो छलफल भएको छ। पुणेस्थित प्लान्टमा कोभिसिल्डको उत्पादन पूर्ण क्षमतामा भएकोमा खुशी लागेको छ। केही दिनभित्रै म भारत फर्किएपछि उत्पादनका बारेमा समीक्षा गरिने छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।