काठमाडाैं- ललितपुर सिटी एफसीले मुख्य प्रशिक्षक प्रदीप हुमागाईलाई बर्खास्त गरेको छ।
काठमाडाैंमा जारी पहिलाे संस्करणकाे नेपाल सुपर लिग (एनएसएल)मा आइतबार पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेसँगै उनलाई बर्खास्त गरिएकाे हाे।
यद्यपि, हुमागाईले आइतबार सामाजिक सञ्जालमार्फत् आजैबाट लागू हुने गरि क्लबलाई बुझाएको राजीनामा पत्र बुझाएकाे जानकारी दिएका छन्।
ललितपुरले जारी लिगमा लगतार खराब नतिजा निकाल्दै आएकाे छ। आइतबार ललितपुरले तेस्रो बराबरी खेलेकाे थियाे।
पहिलो खेलमा काठमाडौंसँग १–० ले पराजित भएको ललितपुरले चितवन र धनगढीसँग समान १–१ गोलको बराबरी खेलेको थियो। तेस्रो बराबरीसँगै ललितपुरको शीर्ष चारमा पर्ने सम्भावना झिनो बनेको छ।
ललितपुर ४ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ। अब ललितपुरले लिग चरणमा दुई खेल खेल्न बाँकी छ।
हुमागाई बर्खास्तिमा परेसँगै सहायक रहेका पूर्व राष्ट्रिय खेलाडी राजु तामाङलाई टोलीको जिम्मेवारी दिइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।