काठमाडाैं- नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आइतबार भएकाे खेलमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसी बराबरीमा राेकिएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टाेलीले गाेलरहित बराबरी खेलेका हुन्।
बराबरीसँगै पोखरा चार खेलमा ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। ललितपुर चार ३ बराबरी र १ हारका साथ ३ अंक जोडेर छैटौ स्थानमा छ।
लिगमा सोमबार एफसी चितवन र विराटनगर सिटी एफसीबीच साँझ ५ः३० बजे प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।