काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने भएका छन्।
आइतबारको मन्त्रिपरिषद् बैठकमा ओलीले वैशाख २७ गते विश्वासको मत लिने जानकारी गराएका हुन्। बैठकमा सहभागी मन्त्रीहरूलाई प्रधानमन्त्रीले भने- 'वैशाख २७ गते विश्वासको मत लिने निर्णयमा पुगेको छु।'
नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिएपछि ओली आफैंले विश्वासको मत लिन लागेका हुन्।
यसैबीच, मन्त्रिपरिषद् बैठकले वैशाख २७ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।