काठमाडौं– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएका छन्। उनलाई आइतबार प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
प्रदेश प्रमुख यादवले पोखरेललाई संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन्।
तर, माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सदस्यको हस्ताक्षर प्रदेश प्रमुख यादवलाई बुझाएका छन्।
केसीले कांग्रेस, माओवादी केन्द्र, जसपा तथा स्वतन्त्र सांसद् समेतको हस्ताक्षर बुझाएका हुन्। उनले आज (आइतबार) मात्रै माओवादी केन्द्रतिर खुलेकी विमला वलीको समेत हस्ताक्षर बुझाएका छन्।
केसीले बहुमत सदस्यको हस्ताक्षरसहित संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी गरेका हुन्।
लुम्बिनी प्रदेश सभामा ८७ सदस्यमध्ये अहिले ८१ जना छन्। सो अनुसार बहुमतको लागि ४१ जना चाहिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।