काठमाडौं- नेकपा (एमाले)का नेता शंकर पोखरेल पुन: लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। आइतबार प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
पोखरेलले आइतबार नै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। त्यसपछि बसेको एमाले संसदीय दलको बैठकले पोखरेलको नेतृत्वमा एकल बहुमतको सरकार बनाउने निर्णय गरेको थियो। साेही अनुसार पोखरेलले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए।
एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेलई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जिवी पाैडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनको शपथको समय भने तय भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।